News Portal

तनहुँमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला

तनहुँको ऋषिङ प्रहरी चौकीका एक वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्।

संगीता गुरुङ
३२१ पटक

चैत्र ४, दमौली – तनहुँको ऋषिङ प्रहरी चौकीका एक वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्।

रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय ओमबहादुर विक सोमबार बिहान चौकी नजिकैको बेलौतीस्थित रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले विक लामो समयदेखि मानसिक तनावमा रहेको बताएका छन्। ‘घटनाको विस्तृत अनुसन्धान भइरहेको छ,’ डीएसपी थापाले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा घटनालाई आत्महत्याको रूपमा हेरिएको छ। तर, आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मात्र वास्तविक कारण सार्वजनिक गरिने बताइएको छ।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...