News Portal

तनहुँमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला

तनहुँको ऋषिङ प्रहरी चौकीका एक वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्।

संगीता गुरुङ
२०१ पटक

चैत्र ४, दमौली – तनहुँको ऋषिङ प्रहरी चौकीका एक वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्।

रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय ओमबहादुर विक सोमबार बिहान चौकी नजिकैको बेलौतीस्थित रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले विक लामो समयदेखि मानसिक तनावमा रहेको बताएका छन्। ‘घटनाको विस्तृत अनुसन्धान भइरहेको छ,’ डीएसपी थापाले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा घटनालाई आत्महत्याको रूपमा हेरिएको छ। तर, आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मात्र वास्तविक कारण सार्वजनिक गरिने बताइएको छ।

 

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...