News Portal

साझा यातायातले फेरि खोल्यो सीईओ नियुक्तिको दरखास्त

साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पुनः दरखास्त आह्वान गरेको छ।

संगीता गुरुङ
२७१ पटक

चैत्र ३, काठमाडौँ – साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पुनः दरखास्त आह्वान गरेको छ। पहिलो चरणमा आएका उम्मेदवारहरु योग्य नदेखिएपछि दोस्रो पटक आवेदन माग गरिएको हो।

यसअघि पुस २९ गते सीईओ पदका लागि आवेदन खुलाइएको थियो। तर, आवश्यक योग्यता पूरा गर्ने उपयुक्त उम्मेदवार नपाइएपछि पुनः आवेदन खुलाइएको साझा यातायातले जनाएको छ।

नयाँ आवेदनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुन जस्ता विषयमा स्नातकोत्तर गरेका ३५ देखि ६३ वर्ष उमेर समूहका उम्मेदवारले आवेदन दिन सक्नेछन्।

सीईओ पदका लागि आवेदन दिने अन्तिम म्याद २१ दिन तोकिएको छ। इच्छुक उम्मेदवारले विस्तृत कार्ययोजना छुट्टै सिलबन्दी खाममा बुझाउनु पर्नेछ भने सोही योजनाको सफ्ट कपी पनि पेश गर्नुपर्नेछ।

साझा यातायातको सीईओ बन्ने उम्मेदवारले कम्तीमा ५ करोड चुक्ता पुँजी भएको तथा १० जना पूर्णकालीन कर्मचारी रहेको, पाँच वर्षभन्दा पुरानो संस्थामा कार्यअनुभव भएको हुनुपर्नेछ। साथै, राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थामा अधिकृत स्तरको राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) वा दसौँ तहमा ७ वर्ष काम गरेको अनुभव आवश्यक पर्नेछ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...