News Portal

सेयर बजारमा ८२ अंकको गिरावट, सबै सेक्टरमा कमजोरी

हिमालीसंचार संवाददाता
१९७ पटक

काठमाडौं, १ चैत्र – यस साता सेयर बजारमा २.९ प्रतिशतको गिरावट आएको छ। बजार २७३६ अंकमा पुग्दा गत साता यो २८१८ अंकमा थियो। यस साता ४ दिन कारोबार भएकोमा ३ दिन बजार घटेको र एक दिन सुधार आएको छ।

आइतबारदेखि मंगलबारसम्म बजारमा लगातार गिरावट देखिएको थियो। आइतबार ४६.३३ अंक, सोमबार २०.६८ अंक र मंगलबार ३२.२१ अंक घट्दा कारोबार रकम पनि केही कम भएको थियो। बुधबार मात्र बजारले १७.२८ अंकको सुधार देखायो। कारोबार रकमको हिसाब गर्दा आइतबार १० अर्ब ९ करोड, सोमबार ८ अर्ब ३७ करोड, मंगलबार ८ अर्ब ३९ करोड र बुधबार ८ अर्ब २३ करोडमा कारोबार भएको थियो।

सप्ताहभरि सबै प्रमुख सेक्टरमा गिरावट आएको छ। विशेष गरी फाइनान्स, उत्पादन, लगानी र व्यापार सेक्टरहरूमा ४ प्रतिशतभन्दा बढीको कमी देखिएको छ। विकास बैंक सेक्टर भने अन्य सेक्टरहरूको तुलनामा कम गिरावटसँगै रहेका छन्।

समग्रमा फागुन महिनाको कारोबारमा उतारचढाव देखा परेका छन्। १ फागुनमा बजार २६७८ अंकमा थियो भने महिनाको अन्त्यमा २७३६ अंकमा पुगेको छ। १८ फागुनसम्म बजारले २८९० अंकको उच्चतम स्तर छुकेको थियो।

आगामी साता के होलाः

यस साता गिरावटका बीच बजारले सुधार देखाएकोले आगामी साता वृद्धि हुने सम्भावना रहेको विशेषज्ञहरूले बताएका छन्। बजारमा अबको सुधारलाई सकारात्मक रुपमा लिइन्छ। राष्ट्र बैंकको माघ मसान्तसम्मको वित्तीय रिपोर्टअनुसार विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन, रेमिट्यान्सको वृद्धि र घटेका ब्याजदरहरूले बजारको पक्षमा वातावरण बनाउन मद्दत गरेका छन्।

तर, विगतका केही हप्तामा लगातारको गिरावटका कारण लगानीकर्ताको विश्वास कमजोर भएको छ। त्यसैले आगामी साता बजारको प्रारम्भिक दिनमा केही लगानीकर्ताले बिक्री गर्ने अवस्था हुन सक्ने आशंका गरिएको छ। यदि माग पक्षले आपूर्ति पचाउन सके भने, बजारमा वृद्धि कायम रहने सम्भावना रहेको छ।

 

प्रतिकृया दिनुहोस्

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...