
महोत्तरी – १ चैत – महोत्तरीको लोहारपट्टी नगरपालिका-४ स्थित पिपराढी रेल्वे ट्र्याक पोस्टमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको गम्भीर आरोप लागेको छ।
स्थानीयले जबरजस्ती करणीको घटना थाहा पाएपछि आक्रोशित भइ सशस्त्र प्रहरीको पोस्टलाई घेराउ गरे। स्थानीयहरूको दबाबमा सशस्त्र प्रहरीको टोलीले आरोपी सई सिंहलाई नियन्त्रणमा लिएको छ।
घटनाको बारेमा महोत्तरी जिल्ला प्रहरी कार्यालयले जानकारी दिँदै बालिकामाथि दुव्र्यवहार भएको पुष्टि गरेको छ। त्यसैगरी, घटनाको विस्तृत छानबिनको प्रक्रिया सुरु गरिएको छ र आरोपीलाई कानूनी दायरामा ल्याउने तयारी भइरहेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
