News Portal

जनकपुर–लहान मार्गमा बस दुर्घटना, २० भन्दा बढी घाइते

धनुषाको मालटोल नजिक बस दुर्घटना हुँदा २० भन्दा बढी यात्रु घाइते भएका छन्।

संगीता गुरुङ
२४१ पटक

चैत्र १, जनकपुरधाम – धनुषाको मालटोल नजिक बस दुर्घटना हुँदा २० भन्दा बढी यात्रु घाइते भएका छन्। जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा अनियन्त्रित भएर पल्टिएको हो।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादव का अनुसार घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ भने अन्य सामान्य र मध्यम घाइते भएका छन्। घाइते यात्रुहरूको उद्धार गरी ६ वटा एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल पठाइएको छ।

दुर्घटनाग्रस्त बसमा अधिकांश मिथिला मध्यमा परिक्रमा सकेर फर्किएका तीर्थयात्रीहरू थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...