News Portal

जनकपुर–लहान मार्गमा बस दुर्घटना, २० भन्दा बढी घाइते

धनुषाको मालटोल नजिक बस दुर्घटना हुँदा २० भन्दा बढी यात्रु घाइते भएका छन्।

संगीता गुरुङ
१९७ पटक

चैत्र १, जनकपुरधाम – धनुषाको मालटोल नजिक बस दुर्घटना हुँदा २० भन्दा बढी यात्रु घाइते भएका छन्। जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा अनियन्त्रित भएर पल्टिएको हो।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादव का अनुसार घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ भने अन्य सामान्य र मध्यम घाइते भएका छन्। घाइते यात्रुहरूको उद्धार गरी ६ वटा एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल पठाइएको छ।

दुर्घटनाग्रस्त बसमा अधिकांश मिथिला मध्यमा परिक्रमा सकेर फर्किएका तीर्थयात्रीहरू थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...