News Portal

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

संगीता गुरुङ
२७९ पटक

चैत्र १, काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। शुक्रबार सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुग्दै तोलाको १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो। बिहीबार सार्वजनिक बिदा परेका कारण बजार मूल्य स्थिर रह्यो। तर, शुक्रबार सुनको भाउ एकैदिन ४ हजार रुपैयाँले उकालो लाग्दै नयाँ रेकर्ड कायम गरेको हो।

त्यसैगरी, चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर तोलाको २ हजार ५० रुपैयाँ पुगेको छ, बुधबार २ हजार रुपैयाँ थियो।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...