News Portal

आरआर क्याम्पसमा स्ववियु उम्मेदवार समिर शाहीको उम्मेदवारी फिर्ता

आरआर क्याम्पसमा स्ववियु उम्मेदवार समिर शाहीको उम्मेदवारी फिर्ता लिएका छन्।

संगीता गुरुङ
२०० पटक

फाल्गुन २९, काठमाडौँ – आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई मध्यनजर गर्दै रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका सभापतिका स्वतन्त्र उम्मेदवार समिर कुमार शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

शाही अनेरास्ववियु (क्रान्तिकारी) मुगुका सचिवसमेत हुन्। शुक्रबार उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै कुनै पनि उम्मेदवारलाई समर्थन नगरेको स्पष्ट पारेका छन्। “मैले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको थिएँ, तर स्वविवेकले निर्णय गर्दै फिर्ता लिएको हुँ। कुनै पनि पक्षलाई समर्थन गरेको छैन,” उनले हिमाली सञ्चारसँग बताए।

आरआर क्याम्पसमा स्ववियु निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठनहरूबीच गठबन्धन बनेका छन्। एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियुबीच तालमेल भएको छ। त्यस्तै, माओवादी केन्द्र निकट क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपा र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी विद्यार्थी संगठन संयुक्त रूपमा प्रतिस्पर्धामा छन्। कांग्रेस निकट नेविसंघ र राप्रपा निकट प्ररावियुले पनि गठबन्धन गर्दै प्रतिस्पर्धा गर्न लागेका छन्।

आरआर क्याम्पसको विद्यार्थी राजनीति थप रोचक मोडमा पुगेको छ भने स्ववियु निर्वाचनको प्रतिस्पर्धा तीव्र हुने आँकलन गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...