News Portal

होलीमा नियम उल्लंघन गर्नेलाई दिनभर सडकमै रोकिने

उपत्यकाका तीनवटै जिल्ला—काठमाडौं, ललितपुर र भक्तपुरमा ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गरिने भएको छ।

संगीता गुरुङ
२३२ पटक

काठमाडौं, फागुन २९ – काठमाडौं उपत्यकामा होली पर्वलाई सुरक्षित बनाउन सुरक्षाकर्मीहरू थप सतर्क बनेका छन्। उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गरिने भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेका अनुसार यसपटक नियम तोड्नेलाई सामान्य कारबाही मात्र नभई, दिनभर सडकमै रोकिने व्यवस्था गरिएको छ।

“नियम उल्लंघन गर्ने जोकोहीलाई कानुनी प्रक्रिया अनुसार कारबाही हुन्छ। साथै, उनीहरूलाई होली मनाउन नपाउने गरी दिनभर जाँचस्थलमै रोकिनेछ,” एसएसपी घिमिरेले बताए।

उपत्यकाभर १२० भन्दा बढी ट्राफिक जाँच स्थल तोकिएको छ। ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरी मादक पदार्थ तथा लागु पदार्थ सेवन नियन्त्रणमा विशेष ध्यान दिइएको छ।

सुरक्षाकर्मीहरूले सर्वसाधारणलाई मर्यादित रूपमा होली मनाउन आग्रह गर्दै आफन्त तथा चिनेजानेकासँग मात्र रंग खेल्न अनुरोध गरेका छन्। प्रशासन कार्यालयहरूले पनि सार्वजनिक स्थानमा उच्छृंखल गतिविधि गरे कानुनी कारबाही हुने चेतावनी दिएका छन्।

आज काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा होली मनाइँदैछ भने भोलि तराईका जिल्लाहरूमा होली पर्वको उल्लास छाउनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...