News Portal

फागुपूर्णिमा प्रकृति पुनर्जागरणको प्रतीक : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार फागुपूर्णिमा वसन्त ऋतुको आगमनले प्रकृति पुनर्जागरणको संकेत गर्छ।

संगीता गुरुङ
१४८ पटक

फाल्गुन २९, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले फागुपूर्णिमालाई वसन्तोत्सव तथा मदनोत्सवका रूपमा पनि मनाइने उल्लेख गरे। यो पर्व हर्ष, उमङ्ग र आपसी मेलमिलापको प्रतीक भएको प्रधानमन्त्रीको भनाइ छ।

उनका अनुसार वसन्त ऋतुको आगमनले प्रकृति पुनर्जागरणको संकेत गर्छ। “यस ऋतुमा फूलहरू फुल्ने, चराहरूको मीठो चिरबिर आवाजले वातावरण झनै रमणीय बन्ने गर्छ,” प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

शास्त्रीय मान्यताअनुसार फागुपूर्णिमा केवल एक पर्व मात्र नभई प्रकृति र जीवनको चञ्चलताको प्रतीकसमेत रहेको उनले बताएका छन्। “हाम्रो प्राचीन शास्त्र वेदअनुसार चन्द्रमालाई मनका देवता भनिएको छ। यस ऋतुमा सबै प्राणी तथा वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ,” उनले लेखेका छन्।

फागुपूर्णिमाले सामाजिक सद्भाव, भाइचारा र उमङ्गको वातावरण सिर्जना गर्ने भन्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीलाई “ह्याप्पी होली”को शुभकामना दिएका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...