News Portal

सर्लाहीमा नेपाली नक्कली नोटसहित ५ जना पक्राउ

सर्लाही जिल्लामा प्रहरीले नेपाली नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
३१६ पटक

सर्लाही, २८ फागुन – सर्लाही जिल्लामा प्रहरीले नेपाली नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीको टोलीले गस्ती गर्दा १ लाख ७६ हजार रुपैयाँ बराबरका नक्कली नोटहरू बरामद गरेका हुन्।

पक्राउ परेका व्यक्तिहरू महोत्तरीका सुल्तान मंसुर, रौतहटका रामनारायण सहनी, सर्लाहीका दुलार सहनी, रामपृत सहनी र सिहानता कुमारी देवी रहेका छन्। उनीहरूको साथबाट भारतीय नम्बर प्लेट भएका तीनवटा मोटरसाइकल र नक्कली नोटहरूको एक बन्डल बरामद गरिएको छ।

जाँचका क्रममा प्रहरीले १७६ थान १ हजार दरका नेपाली नक्कली नोट, जुन कार्टुनमा प्याक गरेर ल्याइँदै थियो, फेला पारेको हो। यसरी लुकेर ल्याएको नक्कली नोटमा सेतो बन्डलको बीचमा सादा पेपर राखेर माथि र तल १ हजारको नोट राखिएको थियो।

सर्लाही प्रहरीले यो घटनामा थप अनुसन्धान जारी राख्दै आरोपितहरूको म्याद थप गरिसकेको जानकारी दिएको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...