News Portal

सर्लाहीमा नेपाली नक्कली नोटसहित ५ जना पक्राउ

सर्लाही जिल्लामा प्रहरीले नेपाली नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
१८५ पटक

सर्लाही, २८ फागुन – सर्लाही जिल्लामा प्रहरीले नेपाली नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीको टोलीले गस्ती गर्दा १ लाख ७६ हजार रुपैयाँ बराबरका नक्कली नोटहरू बरामद गरेका हुन्।

पक्राउ परेका व्यक्तिहरू महोत्तरीका सुल्तान मंसुर, रौतहटका रामनारायण सहनी, सर्लाहीका दुलार सहनी, रामपृत सहनी र सिहानता कुमारी देवी रहेका छन्। उनीहरूको साथबाट भारतीय नम्बर प्लेट भएका तीनवटा मोटरसाइकल र नक्कली नोटहरूको एक बन्डल बरामद गरिएको छ।

जाँचका क्रममा प्रहरीले १७६ थान १ हजार दरका नेपाली नक्कली नोट, जुन कार्टुनमा प्याक गरेर ल्याइँदै थियो, फेला पारेको हो। यसरी लुकेर ल्याएको नक्कली नोटमा सेतो बन्डलको बीचमा सादा पेपर राखेर माथि र तल १ हजारको नोट राखिएको थियो।

सर्लाही प्रहरीले यो घटनामा थप अनुसन्धान जारी राख्दै आरोपितहरूको म्याद थप गरिसकेको जानकारी दिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...