आज : २०२६-०७-१४, मङ्गलबार

घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खस्दा एकको मृत्यु, ४ घाइते

हुम्ला, फागुन २८ – हुम्लाको सर्केगाड गाउँपालिका–८ ढाडकोटमामा माटो खन्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार घर पोत्ने माटो संकलन गर्ने क्रममा ढिस्को खस्दा सर्केगाड–७ की २८ वर्षीया नेत्रकला जैसीको घटनास्थलमै ज्यान गएको छ।

उक्त घटनामा सोही गाउँकी तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते भएका छन्। उनीहरूको उमेर २५ देखि २८ वर्षको रहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।