News Portal

मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–४, जुरेलीबजार नजिक आज बिहान मोटरसाइकल दुर्घटना भई एक जनाको मृत्यु भएको छ।

संगीता गुरुङ
१७५ पटक

मकवानपुर, फाल्गुन २८ – मकवानपुरको बकैया गाउँपालिका–४, जुरेलीबजार नजिक बुधबार बिहान एक दुखद सडक दुर्घटना भएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा ४० प ५३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक ३३ वर्षीय रुपक दियालीलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लैजाने प्रयास गरिएको थियो। तर, बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन्।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...