News Portal

हतियार र लागुऔषधसहित एक युवक पक्राउ

गोकर्णेश्वर नगरपालिका–२, भाडगाउँबाट प्रहरीले हतियार र लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

संगीता गुरुङ
३२५ पटक

फाल्गुन २६, काठमाडौं – गोकर्णेश्वर नगरपालिका–२, भाडगाउँबाट प्रहरीले हतियार र लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति काठमाडौं महानगरपालिका–२० का सुदन जोशी रहेको प्रहरीले जनाएको छ।

स्वयम्भू प्रहरी वृत्तका डीएसपी उद्धव सिंह भाटको नेतृत्वमा खटिएको टोलीले गएराति उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार जोशीको साथबाट एकथान पेस्तोल, १० राउण्ड गोली, २५० ग्राम लागुऔषध पोल्याण्ड र १० ट्याब्लेट ट्रामाडोल बरामद गरिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहराका अनुसार जोशीमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...