News Portal

लोकतन्त्रको नाउँमा लुटतन्त्र? प्रमुख सल्लाहकारलाई प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई लोकतन्त्रको सही अभ्यासबारे प्रश्न उठाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा सचेतक ज्ञानेन्द्र शाहीले कडा प्रतिक्रिया दिएका छन्।

संगीता गुरुङ
२१२ पटक

फाल्गुन २७, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई लोकतन्त्रको सही अभ्यासबारे प्रश्न उठाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा सचेतक ज्ञानेन्द्र शाहीले कडा प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक आफ्नो टिप्पणीमा उनले भनेका छन्, “आदरणीय भनौं भने कसरी भनौं, तपाईंका शब्द सुन्दा ‘आदरणीय’ भन्ने शब्द नै बेकार भएछ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले लोकतन्त्रको स्याल हुइयाँ दिन बन्द गर्नुहोस्।”

शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता औंल्याउँदै थपे, “प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष जनताले चुनेका हुन्? महामहिम राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुन्? यदि होइन भने, लोकतन्त्रको नाममा अलोकतान्त्रिक अभ्यास किन?”

लोकतन्त्रलाई सीमित व्यक्तिहरूले लुटतन्त्रका रूपमा प्रयोग गरिरहेको आरोप लगाउँदै उनले सरकारलाई खुला चुनौती दिए। उनले भने, “यदि दम र हिम्मत छ भने, प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउनुस्। अनि तपाईं स्वयं (विष्णु रिमाल) वडा अध्यक्षको चुनाव लड्न तयार हुनुस्।”

शाहीको यो टिप्पणी अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।

प्रतिकृया दिनुहोस्

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...