News Portal

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको तस्बिर राखिएको विषयमा सांसद शाहीको गम्भीर आरोप

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको तस्बिर राखिएको विषयमा सांसद शाहीको गम्भीर आरोप लगाएका छन्।

संगीता गुरुङ
२६९ पटक

फाल्गुन २६, काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने क्रममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर देखिएपछि राजनीतिक बहस चुलिएको छ। यस विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा सचेतक ज्ञानेन्द्र शाहीले गम्भीर आरोप लगाएका छन्।

सांसद शाहीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा उनका प्रमुख सल्लाहकार विष्णु रिमालले आदित्यनाथको तस्बिर राख्न लगाएका हुन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्दै भनेका छन्, “नेपाली राष्ट्रिय झन्डासहितको स्वागत समारोहलाई प्रभावित पार्ने नियतले यस्तो कृत्य गरिएको छ।”

पूर्वराजाको स्वागत कार्यक्रममा भारतीय नेताको तस्बिर देखिएपछि सर्वसाधारणदेखि राजनीतिक वृत्तसम्म आलोचना भइरहेको छ। केहीले यसलाई सुनियोजित रुपमा गराइएको कृत्य बताएका छन्, भने केहीले नेपाली राष्ट्रियता प्रति खेलवाड भएको टिप्पणी गरेका छन्।

सांसद शाहीले विदेशको प्रभावमा रहेर पार्टी सञ्चालन गर्नेहरूमाथि पनि प्रश्न उठाउँदै “मार्क्स, लेनिन, माओ कुन देशका हुन्?” भनेर व्यंग्य गरेका छन्।

विमानस्थलनजिक आयोजित कार्यक्रममा आदित्यनाथको तस्बिर कसरी र किन प्रयोग गरियो भन्ने विषयमा अहिलेसम्म सरकारी निकायबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...