News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • रंगेलीमा परोपकार समाज द्वारा फगुवा कार्यक्रम

    अप्पन विराटगढ परोपकार समाजद्वारा रंगेलीमा फगुवा कार्यक्रम सम्पन्न भएको छ।

    रबिन्द्र बराल
    ४४९ पटक

    फाल्गुन २५, विराटनगर – अप्पन विराटगढ परोपकार समाजद्वारा रंगेलीमा फगुवा कार्यक्रम सम्पन्न भएको छ। रंगेली–७ स्थित काली मन्दिरको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा “मैथिली भाषा लोककला संरक्षण एवं जागरण अभियान” अन्तर्गत “हमहुँ गेबैए फगुवा” कार्यक्रम गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि समाजसेवी शंकर साह, वरिष्ठ अतिथि रंगेलीका पूर्व प्रधानाध्यापक सुरेश मिश्रा, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य पन्नालाल मण्डल, उर्मिला मण्डल, कार्यक्रम संस्थाकी अध्यक्ष बसुन्धरा झा, मैथिली अभियानका देवता रानी दत्त, कृति कला कर्ण, सनोज साह, ममता ठाकुर, लक्ष्मी ऋषिदेव लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा मिथिला क्षेत्रमा विशेष योगदान पुर्याउने ५५ जना व्यक्तिहरूलाई मिथिला पेन्टिङद्वारा सम्मान गर्नुका साथै एभिन्युज टेलिभिजनका मोरङ संवाददाता रबिन्द्र बराललाई पनि सम्मान गरिएको थियो।

    यसै अवसरमा बालकलाकारहरूले मैथिली गीतमा नृत्य प्रस्तुत गरेर सहभागीहरूलाई मनोरञ्जन समेत गराएका थिए।

     

    प्रतिकृया दिनुहोस्

    सुनको मूल्यमा ठूलो गिरावट, चाँदीमा सामान्य वृद्धि

    काठमाडौं, वैशाख २६ – नेपाली सुन बजारमा आज शुक्रबार ठुलो गिरावट देखिएको छ। नेपाल सुनचाँदी...

    एन्फाको साधारणसभामा प्रवेश नपाएपछि पूर्वअध्यक्ष गणेश थापा आक्रोशित, गेटमै विरोध

    काठमाडौं, वैशाख २६ – अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा शुक्रबार धुलिखेलमा तनावपूर्ण बनेको...

    भारत–पाकिस्तानबीचको तनाव चुलिँदै : सीमामा पाकिस्तानी आक्रमणको भारतीय दाबी, पाकिस्तानको खण्डन

    भारत र पाकिस्तानबीचको चिरपरिचित सीमा विवाद फेरि एकपटक उत्कर्षमा पुगेको छ। भारतीय सेनाले मे ८...

    आजको राशिफल

    आज वैशाख २६, २०८२ (मे ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भारतबाट ठुलो मात्रामा लागुऔषध बरामद, एक जना पक्राउ

    मोरङ, वैशाख २५ – भारतबाट अबैध रूपमा नेपाल भित्र्याउन लागिएको लागुऔषधसहित एक जना पक्राउ परेका...