News Portal

रंगेलीमा परोपकार समाज द्वारा फगुवा कार्यक्रम

अप्पन विराटगढ परोपकार समाजद्वारा रंगेलीमा फगुवा कार्यक्रम सम्पन्न भएको छ।

रबिन्द्र बराल
९९२ पटक

फाल्गुन २५, विराटनगर – अप्पन विराटगढ परोपकार समाजद्वारा रंगेलीमा फगुवा कार्यक्रम सम्पन्न भएको छ। रंगेली–७ स्थित काली मन्दिरको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा “मैथिली भाषा लोककला संरक्षण एवं जागरण अभियान” अन्तर्गत “हमहुँ गेबैए फगुवा” कार्यक्रम गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी शंकर साह, वरिष्ठ अतिथि रंगेलीका पूर्व प्रधानाध्यापक सुरेश मिश्रा, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य पन्नालाल मण्डल, उर्मिला मण्डल, कार्यक्रम संस्थाकी अध्यक्ष बसुन्धरा झा, मैथिली अभियानका देवता रानी दत्त, कृति कला कर्ण, सनोज साह, ममता ठाकुर, लक्ष्मी ऋषिदेव लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा मिथिला क्षेत्रमा विशेष योगदान पुर्याउने ५५ जना व्यक्तिहरूलाई मिथिला पेन्टिङद्वारा सम्मान गर्नुका साथै एभिन्युज टेलिभिजनका मोरङ संवाददाता रबिन्द्र बराललाई पनि सम्मान गरिएको थियो।

यसै अवसरमा बालकलाकारहरूले मैथिली गीतमा नृत्य प्रस्तुत गरेर सहभागीहरूलाई मनोरञ्जन समेत गराएका थिए।

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...