News Portal

नाबालिगमाथि यौन हिंसा गरेको आरोपमा नेकपा एकीकृत समाजवादी स्याङ्जा अध्यक्ष पक्राउ

नेकपा एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष विष्णु गिरीलाई नाबालिग बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२४८ पटक

स्याङ्जा, फागुन २२ – नेकपा एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष विष्णु गिरीलाई नाबालिग बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

पीडित बालिकाका आफन्तले उजुरी दिएपछि स्याङ्जा प्रहरीले उनलाई नियन्त्रणमा लिई कास्की प्रहरीलाई जिम्मा दिएको थियो। कास्की प्रहरीका अनुसार, गिरीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट ६ दिनको म्याद लिइएको छ।

“उनीमाथि लागेको अभियोग गम्भीर भएकाले विस्तृत अनुसन्धान भइरहेको छ,” जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्त शर्माले बताए।

पीडित १४ वर्षीया नाबालिगलाई पोखरामा गिरीकै आफन्तको घरमा घरेलु श्रमिकका रूपमा राखिएको थियो। पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उनलाई पढाउने आश्वासन दिइए पनि घरेलु श्रम गर्न बाध्य पारिएको अधिकारकर्मीहरू बताउँछन्।

उजुरी अनुसार, गत असोज महिनामा गिरीले सोही घरमा पहिलो पटक जबरजस्ती करणी गरेका थिए। त्यसपछि पनि उनले पटक–पटक दुर्व्यवहार गर्न खोजेको र डर धम्की दिएको आरोप छ।

पीडितले विद्यालयमा भएको छलफलका क्रममा आफूमाथि भएको हिंसा सार्वजनिक गरेपछि घटना बाहिर आएको हो। त्यसपछि अधिकारकर्मीको पहलमा प्रहरीमा उजुरी दर्ता गरिएको थियो।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...