News Portal

नाबालिगमाथि यौन हिंसा गरेको आरोपमा नेकपा एकीकृत समाजवादी स्याङ्जा अध्यक्ष पक्राउ

नेकपा एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष विष्णु गिरीलाई नाबालिग बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
३७६ पटक

स्याङ्जा, फागुन २२ – नेकपा एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष विष्णु गिरीलाई नाबालिग बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

पीडित बालिकाका आफन्तले उजुरी दिएपछि स्याङ्जा प्रहरीले उनलाई नियन्त्रणमा लिई कास्की प्रहरीलाई जिम्मा दिएको थियो। कास्की प्रहरीका अनुसार, गिरीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट ६ दिनको म्याद लिइएको छ।

“उनीमाथि लागेको अभियोग गम्भीर भएकाले विस्तृत अनुसन्धान भइरहेको छ,” जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्त शर्माले बताए।

पीडित १४ वर्षीया नाबालिगलाई पोखरामा गिरीकै आफन्तको घरमा घरेलु श्रमिकका रूपमा राखिएको थियो। पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उनलाई पढाउने आश्वासन दिइए पनि घरेलु श्रम गर्न बाध्य पारिएको अधिकारकर्मीहरू बताउँछन्।

उजुरी अनुसार, गत असोज महिनामा गिरीले सोही घरमा पहिलो पटक जबरजस्ती करणी गरेका थिए। त्यसपछि पनि उनले पटक–पटक दुर्व्यवहार गर्न खोजेको र डर धम्की दिएको आरोप छ।

पीडितले विद्यालयमा भएको छलफलका क्रममा आफूमाथि भएको हिंसा सार्वजनिक गरेपछि घटना बाहिर आएको हो। त्यसपछि अधिकारकर्मीको पहलमा प्रहरीमा उजुरी दर्ता गरिएको थियो।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...