News Portal

बर्दियामा ५१ वर्षीया महिलाको हत्या, भिनाजु र बुहारी प्रहरी नियन्त्रणमा

बर्दियाको ठाकुरबाबा नगरपालिका-१ मा ५१ वर्षीया महिलाको रहस्यमय हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले उनका भिनाजु र भिनाजुकी बुहारीलाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२७० पटक

फाल्गुन २२, बर्दिया – ठाकुरबाबा नगरपालिका-१ मा ५१ वर्षीया राधा बोहराको रहस्यमय हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले उनका भिनाजु र भिनाजुकी बुहारीलाई पक्राउ गरेको छ।

फागुन ४ गते आफ्नै घरभित्र घाँटी कसिएको अवस्थामा मृत भेटिएकी राधाको हत्यामा संलग्न भएको आशङ्कामा उनका ६९ वर्षीय भिनाजु शान्तबहादुर खत्री र २४ वर्षीया बुहारी उमाकुमारी खत्रीलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी केदार खनालका अनुसार, घटनाको अनुसन्धान क्रममा संकलित प्रमाणका आधारमा फागुन १५ गते उनीहरूलाई पक्राउ गरिएको हो।

राधा आफ्नी दिदी–भिनाजुको घरनजिकै रहेको एउटा कटेरो भाडामा लिएर बस्दै आएकी थिइन्। परिवारमा एकल भएकी उनले आफ्नो गुजाराका लागि रक्सी बनाउने र बिक्री गर्ने गर्थिन्। तर पछिल्लो केही वर्षयता भिनाजुसँगको सम्बन्ध तनावपूर्ण रहेको खुलेको छ।

प्रहरी अनुसन्धानअनुसार, करिब दुई-तीन वर्षअघि राधाले शान्तबहादुरलाई ९० हजार रुपैयाँ ऋण दिएकी थिइन्। पटकपटक माग्दा पनि रकम फिर्ता नपाएपछि उनले कडा दबाब दिन थालिन्। शान्तबहादुरले ऋणको सट्टा जग्गा दिने आश्वासन दिए पनि उनले विद्युत् प्रसारण लाइनमुनिको जग्गा देखाएपछि राधाले अस्वीकार गरेकी थिइन्। यही विषयलाई लिएर सम्बन्ध अझ बिग्रिएको थियो।

अनुसन्धानका क्रममा घटनाको राति करिब २-३ बजेको बीचमा शान्तबहादुर र उमाकुमारीबीच लामो समय फोन संवाद भएको देखिएको छ। त्यस्तै, प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको सहायता लिएको थियो, जसले पटकपटक शान्तबहादुरले बाख्रा चराउने स्थानमा संकेत देखाएको थियो।

हाल प्रहरी हिरासतमा रहेका शान्तबहादुर र उमाकुमारीले घटनामा आफ्नो संलग्नता अस्वीकार गरे पनि अनुसन्धानकर्ताहरूले उनीहरूमाथि गहिरो अनुसन्धान अघि बढाएको जनाएका छन्। प्रहरीका अनुसार, उपलब्ध प्रमाणहरूले उनीहरूको संलग्नता देखाउने आधार बलियो बन्दै गएको छ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...