News Portal

  • बर्दियामा ५१ वर्षीया महिलाको हत्या, भिनाजु र बुहारी प्रहरी नियन्त्रणमा

    बर्दियाको ठाकुरबाबा नगरपालिका-१ मा ५१ वर्षीया महिलाको रहस्यमय हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले उनका भिनाजु र भिनाजुकी बुहारीलाई पक्राउ गरेको छ।

    संगीता गुरुङ
    १७२ पटक

    फाल्गुन २२, बर्दिया – ठाकुरबाबा नगरपालिका-१ मा ५१ वर्षीया राधा बोहराको रहस्यमय हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले उनका भिनाजु र भिनाजुकी बुहारीलाई पक्राउ गरेको छ।

    फागुन ४ गते आफ्नै घरभित्र घाँटी कसिएको अवस्थामा मृत भेटिएकी राधाको हत्यामा संलग्न भएको आशङ्कामा उनका ६९ वर्षीय भिनाजु शान्तबहादुर खत्री र २४ वर्षीया बुहारी उमाकुमारी खत्रीलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी केदार खनालका अनुसार, घटनाको अनुसन्धान क्रममा संकलित प्रमाणका आधारमा फागुन १५ गते उनीहरूलाई पक्राउ गरिएको हो।

    राधा आफ्नी दिदी–भिनाजुको घरनजिकै रहेको एउटा कटेरो भाडामा लिएर बस्दै आएकी थिइन्। परिवारमा एकल भएकी उनले आफ्नो गुजाराका लागि रक्सी बनाउने र बिक्री गर्ने गर्थिन्। तर पछिल्लो केही वर्षयता भिनाजुसँगको सम्बन्ध तनावपूर्ण रहेको खुलेको छ।

    प्रहरी अनुसन्धानअनुसार, करिब दुई-तीन वर्षअघि राधाले शान्तबहादुरलाई ९० हजार रुपैयाँ ऋण दिएकी थिइन्। पटकपटक माग्दा पनि रकम फिर्ता नपाएपछि उनले कडा दबाब दिन थालिन्। शान्तबहादुरले ऋणको सट्टा जग्गा दिने आश्वासन दिए पनि उनले विद्युत् प्रसारण लाइनमुनिको जग्गा देखाएपछि राधाले अस्वीकार गरेकी थिइन्। यही विषयलाई लिएर सम्बन्ध अझ बिग्रिएको थियो।

    अनुसन्धानका क्रममा घटनाको राति करिब २-३ बजेको बीचमा शान्तबहादुर र उमाकुमारीबीच लामो समय फोन संवाद भएको देखिएको छ। त्यस्तै, प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको सहायता लिएको थियो, जसले पटकपटक शान्तबहादुरले बाख्रा चराउने स्थानमा संकेत देखाएको थियो।

    हाल प्रहरी हिरासतमा रहेका शान्तबहादुर र उमाकुमारीले घटनामा आफ्नो संलग्नता अस्वीकार गरे पनि अनुसन्धानकर्ताहरूले उनीहरूमाथि गहिरो अनुसन्धान अघि बढाएको जनाएका छन्। प्रहरीका अनुसार, उपलब्ध प्रमाणहरूले उनीहरूको संलग्नता देखाउने आधार बलियो बन्दै गएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १२ गतेको राशिफल

    आज कार्तिक १२, २०८२ (अक्टोबर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापा : “महाधिवेशन नगर्नु कांग्रेस र नागरिक दुवैप्रति अन्याय हो”

    काठमाडौं, कार्तिक ११ – नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयले पुनः विवाद चर्काएको छ। महामन्त्री गगन थापा...

    जेनजी युनाइटेडका प्रतिनिधिहरू प्रधानमन्त्रीसँग भेट, एकता कायम गराउन आग्रह

    काठमाडौं, कार्तिक ११ – जेनजी युनाइटेडका नाममा संगठित नौ जना युवायुवती सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला...

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई...

    जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

    काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित...