News Portal

  • पाथीभरा क्षेत्रमा केबलकार निर्माणबारे विवाद, माइतीघरमा प्रदर्शन

    ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा प्रस्तावित केबलकार परियोजनाको विरोधमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।

    संगीता गुरुङ
    १५४ पटक

    काठमाडौं, फागुन २१ – ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा प्रस्तावित केबलकार परियोजनाको विरोधमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।

    बुधबार दिउँसो आयोजित प्रदर्शनमा सहभागीहरूले “केबलकार निर्माण खारेज गर”, “मुक्कुमलुङ संरक्षकहरूलाई बिना कारण थुन्न पाइँदैन”, तथा “मुक्कुमलुङ संरक्षकहरूको बिना सर्त रिहाइ गर” जस्ता नारा लगाउँदै आफ्नो असन्तुष्टि जनाए।

    यस विरोध प्रदर्शनमा किरात याक्थुङ चुम्लुङ, राष्ट्रिय मुक्ति पार्टी नेपाल, र ‘नो केबलकार समूह’ को संयुक्त सहभागिता रहेको थियो। उनीहरूका अनुसार मुक्कुमलुङ क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यावरणीय हिसाबले संवेदनशील भएकाले केबलकार निर्माण अस्वीकार्य छ।

    पाथीभरा क्षेत्रमा केबलकार निर्माणबारे स्थानीय समुदायमा मतभेद देखिएको छ। केही पक्षले विकासका लागि आवश्यक भएको तर्क गरिरहेका छन्, भने अर्काे समूहले धार्मिक तथा सांस्कृतिक महत्त्वलाई प्राथमिकता दिँदै विरोध जारी राखेको छ। सरकारले वार्ता समिति गठन गरी समाधानका लागि संवाद अघि बढाइरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...