News Portal

पाथीभरा क्षेत्रमा केबलकार निर्माणबारे विवाद, माइतीघरमा प्रदर्शन

ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा प्रस्तावित केबलकार परियोजनाको विरोधमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।

संगीता गुरुङ
२७० पटक

काठमाडौं, फागुन २१ – ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा प्रस्तावित केबलकार परियोजनाको विरोधमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।

बुधबार दिउँसो आयोजित प्रदर्शनमा सहभागीहरूले “केबलकार निर्माण खारेज गर”, “मुक्कुमलुङ संरक्षकहरूलाई बिना कारण थुन्न पाइँदैन”, तथा “मुक्कुमलुङ संरक्षकहरूको बिना सर्त रिहाइ गर” जस्ता नारा लगाउँदै आफ्नो असन्तुष्टि जनाए।

यस विरोध प्रदर्शनमा किरात याक्थुङ चुम्लुङ, राष्ट्रिय मुक्ति पार्टी नेपाल, र ‘नो केबलकार समूह’ को संयुक्त सहभागिता रहेको थियो। उनीहरूका अनुसार मुक्कुमलुङ क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यावरणीय हिसाबले संवेदनशील भएकाले केबलकार निर्माण अस्वीकार्य छ।

पाथीभरा क्षेत्रमा केबलकार निर्माणबारे स्थानीय समुदायमा मतभेद देखिएको छ। केही पक्षले विकासका लागि आवश्यक भएको तर्क गरिरहेका छन्, भने अर्काे समूहले धार्मिक तथा सांस्कृतिक महत्त्वलाई प्राथमिकता दिँदै विरोध जारी राखेको छ। सरकारले वार्ता समिति गठन गरी समाधानका लागि संवाद अघि बढाइरहेको छ।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...