News Portal

रिंकुकुमारी सदाय मृत्यु प्रकरण : मुख्य आरोपी प्रहरी नियन्त्रणमा

रिंकुकुमारी सदायको रहस्यमय मृत्यु प्रकरणमा संलग्न मुख्य आरोपी पक्राउ परेका छन्।

संगीता गुरुङ
२०२ पटक

फाल्गुन २१, सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको रहस्यमय मृत्यु प्रकरणमा संलग्न मुख्य आरोपी पक्राउ परेका छन्। प्रहरीका अनुसार रुपेश मण्डललाई नियन्त्रणमा लिइएको छ।

सिरहा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितका अनुसार घटनामा संलग्न मण्डललाई अनुसन्धानका क्रममा पक्राउ गरिएको हो।

गत ३० माघमा रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। तर, त्यसको तीन दिनअघि, २७ माघ राति शौच गर्न बाहिर निस्केकी उनी करिब ६ घण्टासम्म बेपत्ता भएकी थिइन्। बिहानको ३ बजे मात्र उनी घर फर्किएकी थिइन्, जहाँ परिवारजनले उनलाई अत्यन्त तनावग्रस्त र रुँदै गरेको अवस्थामा फेला पारेका थिए।

परिवारका अनुसार, घर फर्किएपछि उनले आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन्। दलित समुदायकी रिंकुको घटनापछि गाउँमै छलफलसमेत गरिएको थियो। तर, ३० माघको साँझ ७:२० बजे उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परिन्।

घटनालाई सामसुम पार्ने प्रयास भएको भन्दै परिवारजनले न्यायको माग गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...