News Portal

हुलाकी सडक विराटनगर, रंगेली हुँदै झापाको गौरीगञ्जसम्म सार्वजनिक यातायात सञ्चालन

हुलाकी राजमार्गको बहुप्रतीक्षित रतुवा पुल निर्माणकार्य सम्पन्न भइसकेपछि विराटनगर (हाटखोला), रंगेली, डाइनिया, आमबारी हुँदै झापाको गौरीगञ्जसम्म सार्वजनिक यातायात सञ्चालनमा आएको छ।

रबिन्द्र बराल
४०८ पटक

फाल्गुन २०, विराटनगर – हुलाकी राजमार्गको बहुप्रतीक्षित रतुवा पुल निर्माणकार्य सम्पन्न भइसकेपछि विराटनगर (हाटखोला), रंगेली, डाइनिया, आमबारी हुँदै झापाको गौरीगञ्जसम्म सार्वजनिक यातायात सञ्चालनमा आएको छ। विराटनगरदेखि गौरीगञ्जसम्म दैनिक ३०/३० मिनेटको अन्तरमा १५ वटा सार्वजनिक यातायात नियमित रूपमा खजरगाछीसम्म जान थालेका छन्।

हुलाकी सडक हुँदै विराटनगरदेखि गौरीगञ्जसम्म यातायात सञ्चालन हुन थालेपछि सर्वसाधारणले ४५ किलोमिटर छोटो दूरीबाट यात्रा गर्न सहज भएको यात्रुहरूले बताएका छन्। रतुवा पुल नहुँदा गौरीगञ्ज जान स्थानीयहरूलाई ईटहरी, उर्लाबारी, दमक, गौरादह हुँदै ८५ किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीयहरूले बताएका छन्।

रंगेली बसपार्कका सञ्चालक भुवन रायका अनुसार, विराटनगरबाट पहिलो बस बिहान ६:३० बजे छुट्नेछ भने अन्तिम बस बेलुकी ५:०० बजे छुट्नेछ। त्यस्तै, गौरीगञ्जबाट विराटनगरका लागि पहिलो बस बिहान ५:५० बजे छुट्नेछ भने अन्तिम बस बेलुकी ४:१५ बजे छुट्नेछ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...