News Portal

लागुऔषध ओसारपसारमा संलग्न दुई जना प्रहरी नियन्त्रणमा

बर्दिया प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
१७१ पटक

फाल्गुन २०, बर्दिया – प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ ब्राउन सुगर ल्याउँदै गर्दा विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २४ वर्षीय रामबहादुर नेपाली र २१ वर्षीय रामचन्द्र थापा रहेका छन्। सोमबार दिउँसो बढैयाताल गाउँपालिका–७ कण्ठपुर चेकपोस्ट नजिक गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेपछि उनीहरूलाई रोकी खानतलासी गर्दा मोटरसाइकलको हेलमेटभित्र लुकाएर राखिएको ५.७९ ग्राम ब्राउन सुगर बरामद गरिएको थियो।

बर्दिया प्रहरीका प्रवक्ता डीएसपी ऋषिराम घर्ती मगरका अनुसार लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ।

घटनापछि जिल्ला अदालत बर्दियाले थप अनुसन्धानका लागि उनीहरूलाई पाँच दिन थुनामा राख्ने अनुमति दिएको छ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...