News Portal

  • चाँदनी हत्या प्रकरण : बाबुआमा सहित ६ जना पुर्पक्षका लागि कारागार चलान

    १४ वर्षीया चाँदनी यादवको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

    संगीता गुरुङ
    २३९ पटक

    फाल्गुन १९, विराटनगर – विराटनगरमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेकी भारत, छपरा जिल्लाकी १४ वर्षीया चाँदनी यादवको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

    मोरङ जिल्ला अदालतका न्यायाधीश मनिराम ज्ञवालीको इजलासले आइतबार चाँदनीकी आमा ३५ वर्षीया राजकुमारी राय यादव, बुबा लालमोहन यादव, मामा रामबाबु मण्डल, मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा ५४ वर्षीया बतासी मण्डल, र माइजू जानकीविरुद्ध मुद्दा दायर गर्दै उनीहरूलाई कारागार चलान गर्न आदेश दिएको हो।

    प्रहरी अनुसन्धान अनुसार आमा र मामाले मिलेर चाँदनीको हत्या गरेका थिए भने अन्य चारजनाले शव व्यवस्थापनमा सहयोग गरेका थिए।

    माघ ११ गते विराटनगर महानगरपालिका–५, विशालचोकस्थित मावली घरमै चाँदनीको हत्या गरिएको थियो। हत्यापछि शवलाई राति खाल्डो खनी गाडिएको थियो, जसलाई प्रहरीले माघ १८ गते फेला पारेको थियो।

    चाँदनी भारतका एक किशोरसँग प्रेम सम्बन्धमा थिइन् र उनीहरूले भागेर विवाहसमेत गरेका थिए। तर, परिवारले उनलाई घर ल्याएर छुट्याएको थियो। पुसको पहिलो सातामा उनलाई विराटनगरस्थित मावली घरमा ल्याइएपछि बुवा भारत फर्किएका थिए भने आमा राजकुमारी छोरीलाई लिएर माइतीमै बसेकी थिइन्।

    प्रहरी अनुसन्धानले चाँदनीले प्रेम सम्बन्ध तोड्न नमानेपछि आमा राजकुमारी राय यादव र मामा रामबाबु मण्डलले मिलेर हत्या गरेको देखाएको छ। शव व्यवस्थापनमा मावली हजुरबुवा, हजुरआमा र माइजूले सहयोग गरेका थिए।

    अदालतको आदेशपछि हाल सबै अभियुक्तहरू पुर्पक्षका लागि कारागार चलान भएका छन्।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...