News Portal

चाँदनी हत्या प्रकरण : बाबुआमा सहित ६ जना पुर्पक्षका लागि कारागार चलान

१४ वर्षीया चाँदनी यादवको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

संगीता गुरुङ
३६६ पटक

फाल्गुन १९, विराटनगर – विराटनगरमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेकी भारत, छपरा जिल्लाकी १४ वर्षीया चाँदनी यादवको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

मोरङ जिल्ला अदालतका न्यायाधीश मनिराम ज्ञवालीको इजलासले आइतबार चाँदनीकी आमा ३५ वर्षीया राजकुमारी राय यादव, बुबा लालमोहन यादव, मामा रामबाबु मण्डल, मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा ५४ वर्षीया बतासी मण्डल, र माइजू जानकीविरुद्ध मुद्दा दायर गर्दै उनीहरूलाई कारागार चलान गर्न आदेश दिएको हो।

प्रहरी अनुसन्धान अनुसार आमा र मामाले मिलेर चाँदनीको हत्या गरेका थिए भने अन्य चारजनाले शव व्यवस्थापनमा सहयोग गरेका थिए।

माघ ११ गते विराटनगर महानगरपालिका–५, विशालचोकस्थित मावली घरमै चाँदनीको हत्या गरिएको थियो। हत्यापछि शवलाई राति खाल्डो खनी गाडिएको थियो, जसलाई प्रहरीले माघ १८ गते फेला पारेको थियो।

चाँदनी भारतका एक किशोरसँग प्रेम सम्बन्धमा थिइन् र उनीहरूले भागेर विवाहसमेत गरेका थिए। तर, परिवारले उनलाई घर ल्याएर छुट्याएको थियो। पुसको पहिलो सातामा उनलाई विराटनगरस्थित मावली घरमा ल्याइएपछि बुवा भारत फर्किएका थिए भने आमा राजकुमारी छोरीलाई लिएर माइतीमै बसेकी थिइन्।

प्रहरी अनुसन्धानले चाँदनीले प्रेम सम्बन्ध तोड्न नमानेपछि आमा राजकुमारी राय यादव र मामा रामबाबु मण्डलले मिलेर हत्या गरेको देखाएको छ। शव व्यवस्थापनमा मावली हजुरबुवा, हजुरआमा र माइजूले सहयोग गरेका थिए।

अदालतको आदेशपछि हाल सबै अभियुक्तहरू पुर्पक्षका लागि कारागार चलान भएका छन्।

 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...