News Portal

सिन्धुलीमा श्रीमानले श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

सिन्धुलीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।

संगीता गुरुङ
२०४ पटक

सिन्धुली, फागुन १९ – सिन्धुलीको दुधौली नगरपालिका–९ स्थित १७ वर्षीया अनिसा सदा हत्याका शिकार बनिन्। उनको हत्या आरोपमा २२ वर्षीय श्रीमान दिनेश सदा पक्राउ परेका छन्।

प्रहरीका अनुसार, गएराति घरको भान्सामा दिनेशले अनिसाको घाँटी थिचेर उनको हत्या गरेको स्वीकार गरेका छन्। घटना पत्ता लागेपछि प्रहरीको एक संयुक्त टोली घटनास्थलमा पुगेर दिनेशलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानमा हत्या आपसी मनमुटावको कारण भएको देखिएको छ। दिनेशलाई अहिले इलाका प्रहरी कार्यालय डकाहामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

दूधौली नगरपालिका–९ लालपुरकी अनिसासँग १० महिना अघि प्रेम विवाह गरेका थिए। शवलाई पोष्टमर्टमका लागि स्थानीय नगर अस्पताल सिर्थौलीमा पठाइएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...