News Portal

पाल्पामा कुटपिटबाट हत्या, बुवा र दिदी पक्राउ

पाल्पामा घरायसी विवादका कारण कुटपिट गरी एक व्यक्तिको हत्या गरेको आरोपमा बुवा र दिदीलाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
३१४ पटक

पाल्पा, फागुन १९ – पाल्पामा घरायसी विवादका कारण कुटपिट गरी एक व्यक्तिको हत्या गरेको आरोपमा बुवा र दिदीलाई प्रहरीले पक्राउ गरेको छ।

बगनासपाली गाउँपालिका–२ पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमालको निधन भएको हो। घटनाका बारेमा प्राप्त जानकारीअनुसार, कुमाललाई अचानक बेहोस भएपछि उनकी श्रीमतीले उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पतालमा लगेको बताइएको छ। चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

प्रहरीले अनुसन्धान गर्दा कुमालका ६३ वर्षीय बुवा शेरबहादुर कुमाल र ४५ वर्षीया दिदी देवी कुमालको नाम संलग्न रहेको पत्ता लागेको हो। घरायसी विवादको क्रममा कुटपिट गर्दा कुमालको ज्यान गएको अनुसन्धानबाट खुल्न आएको हो।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...