News Portal

अर्घाखाँचीमा अपाङ्गता भएका महिलामाथि यौन दुव्र्यवहार, एक जना पक्राउ

अपाङ्गता भएकी एक महिलामाथि बलात्कार गरेको आरोपमा अर्घाखाँची प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
१९६ पटक

अर्घाखाँची, फागुन १९ – अपाङ्गता भएकी एक महिलामाथि बलात्कार गरेको आरोपमा अर्घाखाँची प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सन्धिखर्क नगरपालिका-१२ कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याललाई सन्धिखर्क नगरपालिका-१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

पीडित महिला ‘क’ श्रेणीको अपाङ्गता भएकी हुन् र बस्यालको घरमा घरेलु कामदारका रूपमा कार्यरत थिइन्। प्रहरीका अनुसार, बस्यालले एक वर्षअघि मौका छोपेर जबरजस्ती करणी गरेका थिए।

घटना बाहिरिएपछि पीडित महिलाले उजुरी दिएर न्यायको माग गरेकी थिइन्। अनुसन्धानका क्रममा तीन महिनाअघि उनले एक छोरा जन्माएको तथ्य बाहिर आएको छ।

प्रहरीले बस्याललाई नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...