News Portal

काठमाडौंमा कुकुर बन्धक राखेर दुर्व्यवहार, स्थानीयको उद्धारको माग

काठमाडौंको कलंकीस्थित इन्द्रेणी मार्गमा एक व्यक्तिले कुकुरलाई बन्धक बनाएर चरम दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ।

संगीता गुरुङ
४६९ पटक

फाल्गुन १९, काठमाडौं – कलंकीस्थित इन्द्रेणी मार्गमा एक व्यक्तिले कुकुरलाई बन्धक बनाएर चरम दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ। स्थानीयबासीका अनुसार चार दिनदेखि तीनवटा कुकुरलाई छतमा बाँधेर खाना-पानीसमेत नदिई छोडिएको छ।

छिमेकीहरूले बताएअनुसार घरधनी र उनकी श्रीमती बाहिर गएका छन् भने घरका सबै ढोकामा ताल्चा लगाइएको छ। तर, छतमा बाँधिएका दुई साइबेरियन हस्की र एउटा स्पाइनियल जातको कुकुर भोक, तिर्खा र चर्को घामको पीडामा छन्। ‘रातभर पानी परेर कुकुरहरू भिजे, जाडोले चिसोमा थरथर काँप्दै कराउन थालेपछि मात्र हामीले अवस्था थाहा पायौं,’ एक स्थानीयले भने।

स्थानीयहरूका अनुसार सो व्यक्तिले व्यावसायिक रूपमा कुकुरको बच्चा उत्पादन गर्ने गरेको पाइएको छ। केही दिनअघि सुत्केरी स्पाइनियल कुकुरको मृत्यु भएको थियो भने नवजात पाँच-छ बच्चा पनि दूध अभावमा मरेका थिए।

साइबेरियन हस्की जस्ता चिसो वातावरणका लागि उपयुक्त महँगो प्रजातिका कुकुरहरूको बिक्रीका लागि व्यावसायिक प्रजनन गर्ने क्रम बढ्दै गएको छ। तर, यस क्रममा पशुहरूलाई चरम यातना दिने प्रवृत्ति देखिन थालेको छ, जसले पशु अधिकारकर्मीहरूलाई चिन्तित बनाएको छ।

स्थानीयहरूले सम्बन्धित निकायलाई खबर गरी कुकुरहरूको तत्काल उद्धार गर्न माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...