News Portal

काठमाडौंमा कुकुर बन्धक राखेर दुर्व्यवहार, स्थानीयको उद्धारको माग

काठमाडौंको कलंकीस्थित इन्द्रेणी मार्गमा एक व्यक्तिले कुकुरलाई बन्धक बनाएर चरम दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ।

संगीता गुरुङ
४०१ पटक

फाल्गुन १९, काठमाडौं – कलंकीस्थित इन्द्रेणी मार्गमा एक व्यक्तिले कुकुरलाई बन्धक बनाएर चरम दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ। स्थानीयबासीका अनुसार चार दिनदेखि तीनवटा कुकुरलाई छतमा बाँधेर खाना-पानीसमेत नदिई छोडिएको छ।

छिमेकीहरूले बताएअनुसार घरधनी र उनकी श्रीमती बाहिर गएका छन् भने घरका सबै ढोकामा ताल्चा लगाइएको छ। तर, छतमा बाँधिएका दुई साइबेरियन हस्की र एउटा स्पाइनियल जातको कुकुर भोक, तिर्खा र चर्को घामको पीडामा छन्। ‘रातभर पानी परेर कुकुरहरू भिजे, जाडोले चिसोमा थरथर काँप्दै कराउन थालेपछि मात्र हामीले अवस्था थाहा पायौं,’ एक स्थानीयले भने।

स्थानीयहरूका अनुसार सो व्यक्तिले व्यावसायिक रूपमा कुकुरको बच्चा उत्पादन गर्ने गरेको पाइएको छ। केही दिनअघि सुत्केरी स्पाइनियल कुकुरको मृत्यु भएको थियो भने नवजात पाँच-छ बच्चा पनि दूध अभावमा मरेका थिए।

साइबेरियन हस्की जस्ता चिसो वातावरणका लागि उपयुक्त महँगो प्रजातिका कुकुरहरूको बिक्रीका लागि व्यावसायिक प्रजनन गर्ने क्रम बढ्दै गएको छ। तर, यस क्रममा पशुहरूलाई चरम यातना दिने प्रवृत्ति देखिन थालेको छ, जसले पशु अधिकारकर्मीहरूलाई चिन्तित बनाएको छ।

स्थानीयहरूले सम्बन्धित निकायलाई खबर गरी कुकुरहरूको तत्काल उद्धार गर्न माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...