News Portal

  • स्वदेशमै केही गरौँ भने पनि पुनः विदेश जान बाध्यता बन्दै

    स्वदेशमै केही गरौँ भने पनि पुनः विदेश जान बाध्यता बन्दै गएको छ।

    रबिन्द्र बराल
    २५४ पटक

    फाल्गुन १७, मोरङ – रंगेली नगरपालिका–७ स्थित शुक्रबारेमा बसोबास गर्दै आएका प्रविण महत्तो रोजगारीका लागि साउदी अरबमा रमाइरहेका थिए। आठ वर्षसम्म विदेशमा मेहनत गरेर नेपाल फर्किएपछि, गाउँमै १ बिघा खेत भाडामा लिएर उनले विगत पाँच वर्षदेखि समयअनुसार तरकारी खेती सुरु गरेका हुन्।

    सुरुवाती चरणमा तरकारी खेतीबाट परिवार पालनपोषण सहज भए पनि पछिल्लो समयमा भने यसबाट निराश भएको प्रविणले बताए। गाउँमै केही गरौँ र परिवारसँगै बाँकी जीवन बिताउँ भन्ने सोचले विदेश छाडेर नेपाल फर्किएका उनी फेरि विदेश पलायन हुने अवस्थामा पुगेको बताएका छन्।

    हाल तरकारी खेतीबाट परिवार पाल्नसमेत कठिन भइरहेको छ। प्रदेश सरकार र स्थानीय सरकारले तरकारी व्यवसायमा लागेका कृषकहरूलाई कुनै सहयोग नगरेका कारण आफूहरूले उत्पादन गरेको तरकारी बारीमै कुहाएर फाल्नुपर्ने अवस्था रहेको उनले गुनासो गरे। हाल उनले एक बिघा खेतमा टमाटर, काउली, खोर्सानी र आलु उत्पादन गरिरहेका छन्।

    केही महिना अगाडि टमाटर खेतीका लागि बैंकबाट ५० हजार रुपैयाँ ऋण लिएर खेती सुरु गरे पनि अहिले टमाटरको बजार मूल्य नपाउँदा खेतमै कुहाएर फाल्नुपर्ने अवस्था आएको उनले बताए। खुला सीमाका कारण भारतबाट सस्तो मूल्यमा तरकारी अत्यधिक मात्रामा नेपाल भित्रिन थालेपछि नेपाली कृषकहरूले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाएको उनको भनाइ छ।

    हाल नेपाली बजारमा टमाटरको खुद्रा मूल्य प्रतिकेजी १५ रुपैयाँ भए पनि बजारमा बिक्री नभएको र सस्तोमा बेच्नुपर्ने बाध्यता रहेको उनले बताए। चार जना परिवारले दिनभरि खेतमा काम गर्दा पनि राम्रो आम्दानी गर्न नसकेको भन्दै उनले गुनासो पोखे। समयमै उचित बजार मूल्य नपाउनु र स्थानीय सरकारले कृषकहरूले उत्पादन गरेको सामग्री खरिद–बिक्रीका लागि कुनै पहल नगर्नु मुख्य समस्या भएको उनले आरोप लगाए।

    उनको बारीमा अहिले लटरम्म टमाटर फलेका छन्, तर उनी दिनको ५० किलो मात्र बिक्री गर्न सकेका छन्। यदि सबै पाकेका टमाटर टिप्ने हो भने करिब २०० किलो निस्कने तर बजारमा बिक्री नहुने भएकाले खेतमै कुहिन बाध्य भएको उनले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

    कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

    कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका...

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...