News Portal

स्वदेशमै केही गरौँ भने पनि पुनः विदेश जान बाध्यता बन्दै

स्वदेशमै केही गरौँ भने पनि पुनः विदेश जान बाध्यता बन्दै गएको छ।

रबिन्द्र बराल
३९९ पटक

फाल्गुन १७, मोरङ – रंगेली नगरपालिका–७ स्थित शुक्रबारेमा बसोबास गर्दै आएका प्रविण महत्तो रोजगारीका लागि साउदी अरबमा रमाइरहेका थिए। आठ वर्षसम्म विदेशमा मेहनत गरेर नेपाल फर्किएपछि, गाउँमै १ बिघा खेत भाडामा लिएर उनले विगत पाँच वर्षदेखि समयअनुसार तरकारी खेती सुरु गरेका हुन्।

सुरुवाती चरणमा तरकारी खेतीबाट परिवार पालनपोषण सहज भए पनि पछिल्लो समयमा भने यसबाट निराश भएको प्रविणले बताए। गाउँमै केही गरौँ र परिवारसँगै बाँकी जीवन बिताउँ भन्ने सोचले विदेश छाडेर नेपाल फर्किएका उनी फेरि विदेश पलायन हुने अवस्थामा पुगेको बताएका छन्।

हाल तरकारी खेतीबाट परिवार पाल्नसमेत कठिन भइरहेको छ। प्रदेश सरकार र स्थानीय सरकारले तरकारी व्यवसायमा लागेका कृषकहरूलाई कुनै सहयोग नगरेका कारण आफूहरूले उत्पादन गरेको तरकारी बारीमै कुहाएर फाल्नुपर्ने अवस्था रहेको उनले गुनासो गरे। हाल उनले एक बिघा खेतमा टमाटर, काउली, खोर्सानी र आलु उत्पादन गरिरहेका छन्।

केही महिना अगाडि टमाटर खेतीका लागि बैंकबाट ५० हजार रुपैयाँ ऋण लिएर खेती सुरु गरे पनि अहिले टमाटरको बजार मूल्य नपाउँदा खेतमै कुहाएर फाल्नुपर्ने अवस्था आएको उनले बताए। खुला सीमाका कारण भारतबाट सस्तो मूल्यमा तरकारी अत्यधिक मात्रामा नेपाल भित्रिन थालेपछि नेपाली कृषकहरूले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाएको उनको भनाइ छ।

हाल नेपाली बजारमा टमाटरको खुद्रा मूल्य प्रतिकेजी १५ रुपैयाँ भए पनि बजारमा बिक्री नभएको र सस्तोमा बेच्नुपर्ने बाध्यता रहेको उनले बताए। चार जना परिवारले दिनभरि खेतमा काम गर्दा पनि राम्रो आम्दानी गर्न नसकेको भन्दै उनले गुनासो पोखे। समयमै उचित बजार मूल्य नपाउनु र स्थानीय सरकारले कृषकहरूले उत्पादन गरेको सामग्री खरिद–बिक्रीका लागि कुनै पहल नगर्नु मुख्य समस्या भएको उनले आरोप लगाए।

उनको बारीमा अहिले लटरम्म टमाटर फलेका छन्, तर उनी दिनको ५० किलो मात्र बिक्री गर्न सकेका छन्। यदि सबै पाकेका टमाटर टिप्ने हो भने करिब २०० किलो निस्कने तर बजारमा बिक्री नहुने भएकाले खेतमै कुहिन बाध्य भएको उनले बताए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...