News Portal

७१ दिनपछि खुल्यो प्रेम र प्रतिशोधमा लुकेको हत्या रहस्य

वैदेशिक रोजगारीका लागि कतार गएका ३३ वर्षीय शहिद अन्सारीको हत्या प्रकरण ७१ दिनपछि रहस्य खुलेको छ।

संगीता गुरुङ
५७४ पटक

फाल्गुन १६, धनुषा – कमला नगरपालिका-६ का ३३ वर्षीय शहिद अन्सारीको हत्या प्रकरण ७१ दिनपछि रहस्य खुलेको छ। वैदेशिक रोजगारीका लागि कतार गएका शहिदको हत्या उनकी प्रेमिका अनिता कुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले योजनाबद्ध रूपमा गरेको प्रहरीले पुष्टि गरेको छ।

शहिदकी श्रीमती अजिमा खातुन श्रीमानसँग दुई महिनाभन्दा बढी समयसम्म सम्पर्क हुन नसकेको कारण चिन्तित थिइन्। प्रायः मेसेन्जरमार्फत कुरा गर्ने शहिद मंसिरको अन्त्यदेखि सम्पर्कविहीन थिए। फागुन १० गते फेसबुकमा देखिएको एउटा स्केचले अजिमालाई झस्कायो। शवको चित्र उनका श्रीमानसँग मिल्दोजुल्दो देखिएकोले उनी प्रहरी कार्यालय पुगिन्। अनुसन्धान अघि बढ्दै जाँदा शव शहिदकै भएको पुष्टि भयो।

प्रहरी अनुसन्धानले यो हत्या योजनाबद्ध रूपमा गरिएको देखाएको छ। शहिदको धनुषाकी २६ वर्षीया अनिता कुमारी यादवसँग प्रेम सम्बन्ध थियो, जुन उनकी श्रीमती अजिमालाई समेत थाहा थियो। अनिताका श्रीमान राजकिशोर वैदेशिक रोजगारीका लागि साउदी अरबमा थिए। श्रीमती र शहिदबीचको सम्बन्धबारे जानकारी पाएपछि उनी मंसिर १५ मा नेपाल फर्किए। त्यसपछि श्रीमतीसँग मिलेर प्रतिशोधको योजना बनाए।

अनिताले शहिदलाई बारम्बार फोन गरी बिरामी परेको बहाना बनाएर नेपाल बोलाइन्। मंसिर २६ गते काठमाडौं आएका शहिद सिधै अनिताको घर पुगे। त्यहाँ पुग्नेबित्तिकै ढोका बन्द गरियो। राजकिशोरले शहिदलाई बाँधेर रातभर कुटपिट गरे। उनले आफ्नी श्रीमती अनितालाई लिएर जान भने तर शहिदले अस्वीकार गरे। त्यसपछि बिहान बञ्चरो प्रहार गरी उनको हत्या गरियो। शव प्लास्टिकमा बेरेर केही दिन घरमै राखियो।

पुस ४ गते धनुषाको खैरो खोलाको पुलमुनि स्थानीयले गन्हाएको शव फेला पारेर प्रहरीलाई खबर गरे। शव बोरामा बेरिएको थियो, खुट्टा बाहिर निस्किएको थियो, अनुहार पूर्णरूपमा क्षतविक्षत थियो। हत्यापछि राजकिशोर पुनः साउदी फर्किए। अनितालाई फागुन १५ गते पक्राउ गरेपछि हत्याको सबै रहस्य खुलेको हो।

प्रहरी अनुसन्धानअनुसार, शव व्यवस्थापनमा अन्य व्यक्तिहरूको संलग्नता हुनसक्ने भएकाले अनुसन्धान जारी छ। मुख्य आरोपी राजकिशोर ३२ दिनअघि साउदी फर्किसकेका छन्। उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड कर्नर नोटिस जारी गर्ने तयारी भइरहेको छ।

७१ दिनसम्म अज्ञात रहस्यमा रहेको यो हत्याकाण्डको पर्दाफाससँगै गाउँ स्तब्ध बनेको छ। घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूलाई पनि निगरानीमा राखिएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...