News Portal

  • रतुवामाईमा खेल मैदानकाे नाममा लाखौं रुपैयाँ दुरुपयोग

    रतुवामाईमा खेल मैदानको नाममा लाखौं रुपैयाँ दुरुपयोग गरिएको छ।

    रबिन्द्र बराल
    १३५ पटक

    फाल्गुन १६, मोरेङ – रतुवामाई नगरपालिका ४ स्थित कटराज थानमा नगरपालिकाले खेल मैदान निर्माण कार्यका लागि ८ बिधा जग्गामा घेराबेरा गर्ने योजना ल्याएपछि स्थानीयहरूले खेल मैदान बन्ने हो भन्दै खुशी भएका थिए। उक्त स्थानमा प्रदेश सरकारले घेरावेराका लागि आमबारी खेल मैदान स्तर उन्नतिको लागि समिति गठन गरेर ७६/७७ सालमा १५ लाख रुपैयाँ रकम छुट्याएर काम सुरु गरेको थियो। उक्त कामको लागि आमबारी खेल मैदान स्तर उन्नति उपभोक्ता समितिले निर्माण कार्य सुरु समेत गरेको थियो।

    घेराबेरामा ११ लाख २० हजार ९७ रुपैयाँ खर्च भएको नगरपालिकाका लेखा अधिकृत र सूचना अधिकृत निता सिग्देलले बताइन्। सो भन्दा अगाडि समेत उक्त स्थानमा नगरपालिकाले १० लाख रुपैयाँ बराबरको बजेट निकासा गरेर काम भएको नगरपालिका नासु कृष्णप्रसाद ढकालले बताए।

    खेल मैदानमा लगाइएका वालहरू समेत भत्किन थालेका छन् र इट्टाहरू पनि कमसल प्रयोग गरेपछि अहिले केही ठाउँमा इट्टा निस्कने र फुट्ने, र ढोकाहरू समेत सबै झरिसकेका छन्, महाराज थानका पुजारी डुमलाला गनगाईले बताए।

    बुढापाका अनुसार, धेरै वर्ष अगाडि महाराज स्थानको नाममा १७ बिधा जग्गा रहेको भएता पनि पछिल्लो समयमा टाठा बुढाहरूले मन्दिरको जग्गा ३ देखि ४ बिधा व्यक्तिका नाममा पास गरेर भोगचलन समेत गर्दै आएका छन्, स्थानीय वृद्ध डोमनलाल सिङले बताए।

    केही वर्ष अगाडि सोही गाउँका केही व्यक्तिहरूले खेतीपाती गरेर आफ्नो जीवन यापन गर्दै आएका थिए र आफ्नो परिवार समेत पालनपोषण गर्दै आएका थिए, तर स्थानीयहरूले उक्त जग्गामा अरुलाई खेती गर्न नदिएर रंगशाला निर्माणको अवधारणा ल्याएपछि उक्त स्थानको ७ बिधा जग्गामा वाल लगाएर छाडिदिएपछि अहिले उक्त स्थानको संकुचन हुन सकेको स्थानीय अरुण गिरिले बताए।

    प्रदेश सरकारको बजेटमा उन्नत स्तरका लागि छुट्याइएको बजेट अहिले बालुवामा पनि हालिएको जस्तो देखिन्छ। अहिले उक्त वालहरू समेत भत्किन थालेका छन् र गेटहरू समेत लडेर बेवारिसे अवस्थामा रहेका छन्। उक्त स्थानको जग्गा के कति रहेको र हालसम्म कति बजेटको काम भएको विषयमा सम्बन्धित निकायहरूले समयमै ध्यान दिनुपर्ने देखिन्छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...