News Portal

तीनकुनेमा सवारी दुर्घटना: मोटरसाइकलमा सवार युवतीको मृत्यु

राजधानीको तीनकुने क्षेत्रमा भएको सवारी दुर्घटनामा २२ वर्षीया एक युवतीको ज्यान गएको छ।

संगीता गुरुङ
२२२ पटक

काठमाडौं, फागुन १५ – राजधानीको तीनकुने क्षेत्रमा भएको सवारी दुर्घटनामा २२ वर्षीया एक युवतीको ज्यान गएको छ।

ललितपुरको लेले घर भएकी रिता नेवार सवार मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकल अर्को बसमा ठोक्किँदा दुर्घटना गम्भीर बनेको थियो।

प्रहरीका अनुसार, दुर्घटना बुधबार राति भएको हो। मोटरसाइकल (प्र.३–०३–००१ प ९७३६) मा सवार नेवारलाई टिपर (बा–०३–००१ क ११७५) ले ठक्कर दिएपछि उनी बस (बा५ख १५४६) मा ठोक्किएकी थिइन्।

गम्भीर घाइते अवस्थाका नेवारलाई तत्काल सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याइएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

हाल प्रहरीले बस र टिपरका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...