News Portal

तीनकुनेमा सवारी दुर्घटना: मोटरसाइकलमा सवार युवतीको मृत्यु

राजधानीको तीनकुने क्षेत्रमा भएको सवारी दुर्घटनामा २२ वर्षीया एक युवतीको ज्यान गएको छ।

संगीता गुरुङ
३०४ पटक

काठमाडौं, फागुन १५ – राजधानीको तीनकुने क्षेत्रमा भएको सवारी दुर्घटनामा २२ वर्षीया एक युवतीको ज्यान गएको छ।

ललितपुरको लेले घर भएकी रिता नेवार सवार मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकल अर्को बसमा ठोक्किँदा दुर्घटना गम्भीर बनेको थियो।

प्रहरीका अनुसार, दुर्घटना बुधबार राति भएको हो। मोटरसाइकल (प्र.३–०३–००१ प ९७३६) मा सवार नेवारलाई टिपर (बा–०३–००१ क ११७५) ले ठक्कर दिएपछि उनी बस (बा५ख १५४६) मा ठोक्किएकी थिइन्।

गम्भीर घाइते अवस्थाका नेवारलाई तत्काल सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याइएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

हाल प्रहरीले बस र टिपरका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...