News Portal

मोटरसाइकल ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

हेटौंडा उपमहानगरपालिका-६ सल्लाघारी नजिक मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।

संगीता गुरुङ
३१९ पटक

फाल्गुन १५, मकवानपुर – हेटौंडा उपमहानगरपालिका-६ सल्लाघारी नजिक मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।

बुधबार साँझ रामनगरबाट हात्तीलेटतर्फ गइरहेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलले ६१ वर्षीय कमलबहादुर बोहरालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौंडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। तर, उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसैबीच, ठक्कर दिने मोटरसाइकल चालक विदुर सापकोटा भने दुर्घटनापछि फरार रहेका छन्। इलाका प्रहरी कार्यालय चौघडाका अनुसार उनको खोजी जारी छ।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...