News Portal

  • मोटरसाइकल ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

    हेटौंडा उपमहानगरपालिका-६ सल्लाघारी नजिक मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।

    संगीता गुरुङ
    १२७ पटक

    फाल्गुन १५, मकवानपुर – हेटौंडा उपमहानगरपालिका-६ सल्लाघारी नजिक मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।

    बुधबार साँझ रामनगरबाट हात्तीलेटतर्फ गइरहेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलले ६१ वर्षीय कमलबहादुर बोहरालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौंडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। तर, उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    यसैबीच, ठक्कर दिने मोटरसाइकल चालक विदुर सापकोटा भने दुर्घटनापछि फरार रहेका छन्। इलाका प्रहरी कार्यालय चौघडाका अनुसार उनको खोजी जारी छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...