News Portal

कञ्चनपुरमा ट्रकको ठक्करबाट युवतीको मृत्यु

कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ।

संगीता गुरुङ
१९७ पटक

धनगढी, १५ फागुन – कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ। भीमदत्त नगरपालिका-१८ की २१ वर्षीया निर्मला बोहराको दुर्घटनामा मृत्यु भएको हो।

बिहीबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका-५ को वन समितिको क्षेत्रमा बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बोहराको घटनास्थलमै ज्यान गएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए।

मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ।

प्रहरीले ट्रकलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रशासनले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...