News Portal

कञ्चनपुरमा ट्रकको ठक्करबाट युवतीको मृत्यु

कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ।

संगीता गुरुङ
३२३ पटक

धनगढी, १५ फागुन – कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ। भीमदत्त नगरपालिका-१८ की २१ वर्षीया निर्मला बोहराको दुर्घटनामा मृत्यु भएको हो।

बिहीबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका-५ को वन समितिको क्षेत्रमा बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बोहराको घटनास्थलमै ज्यान गएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए।

मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ।

प्रहरीले ट्रकलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रशासनले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...