प्रबिन शाही
नोभेम्बर २३, २०१८ : साउदि अरबको नेसनल रेकुमेन्ट कम्पनीमा कार्यरत थुप्रै नेपाली कामदारहरुलाई अलपत्र अबस्थामा पारीएको छ।
काठमाडौंको डेस्टिनी प्लेसमेन्ट सर्बिस मेनपावरबाट १६ महिना अगाडि दैलेखको ठाटिकाँध गाउँपालिका विशालाका हरि शर्माले ठाटिकाँध गाउपालिका – ३ का अमर शाही(एवि) लाई उक्त कम्पनीमा बाह्र सय साउदी रियल तलब भनेर पठाएका थिए तर कम्पनीले एक हजार साउदी रियल दिएता पनि समय तलब नदिने गरेको गुनासो गर्छन।
घरमा आमा सिकिस्तै बिरामी पर्नु भएकोले घर फर्किन पाउ भन्दा कम्पनीले बेवास्ता गरेको छ नै उता नेपालबाट साउदी पठाउने एजेन्ट हरि शर्मालाई बारम्बार अनुरोध गर्दा उल्टै फेसबुक म्यासेन्जर देखि नै बल्क गरेर पन्छिन खोजेको उनको दुखेसो छ। उनकाे अामा अहिले घरमा अन्तिम अबस्थामा हुदा उनि दिन रात रुदै तडपिरहेका छन ।
मेनपावर कम्पनिले निकै समस्या दियाे भन्दै उनि अहिले साउदिमा यतिवेला बिरामी अामाकाे अन्तिम बाेलिकाे शब्द सुन्न पाउ भन्दै भावबिह्वल बनेका छन ।

एजेन्ट हरि शर्मा।
घरमा आमा बिरामी भएकोले आफैले टिकट काटेर फर्किन चाहान्छु भन्दा हरि शर्माले अहिले फर्किन नमिल्ने जवाफ दिदै पन्छिने गरेको बताए।
यता दिनभर काम गरेर आउदा बेलुका खाना समेत खाना नपाएको कति दिन त भोकभोकै सुत्नु पर्यो उनले भने। दूतावास जाउ त कसरी जाउ बस्ने क्याम्प बाट बाहिर निस्कनै दिदैन। यदि दूतावास गएमा कुटपिट गर्ने धम्की कम्पनीका मालिकले दिने गरेको बताए। बस्ने ब्यबस्थापन पनि राम्रो नभएको कोठामा खचाखच भएर सुत्नुपर्ने भन्दै दुखेसो पोखे।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
