News Portal

कालीमाटीमा बिक्री भएको काउलीमा अत्यधिक विषादी फेला

कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको काउलीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ।

संगीता गुरुङ
२४० पटक

काठमाडौँ, फागुन १३ – कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको काउलीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ। धादिङबाट ल्याइएको काउलीमा ९७.६२३ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ।

मंगलबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटीस्थित १८ वटा पसलबाट विभिन्न तरकारीको नमुना परीक्षण गरेको थियो। सो क्रममा पसल नम्बर ६१३ मा व्यवसायी प्रेम खड्कीले बिक्रीका लागि राखेको काउली अत्यधिक विषादीयुक्त फेला परेपछि उपभोग अयोग्य घोषित गरिएको छ।

हाल बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ। विशेषज्ञहरूका अनुसार विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा उपभोग गर्न मिल्ने, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर खान सकिने, तर ४५ प्रतिशतभन्दा बढी भए मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

कृषि तथा खाद्य सुरक्षासम्बन्धी निकायहरूले उपभोक्ताहरूलाई सतर्क रहन आग्रह गर्दै विषादी नियन्त्रणमा कडाइ गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...