News Portal

रिंकुकुमारी सदाय मृत्यु प्रकरणः तीन जनामाथि अनुसन्धानका लागि म्याद थप

सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत्यु प्रकरणमा तीन जनामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत सिराहाले पाँच दिनको म्याद दिएको छ।

संगीता गुरुङ
२५० पटक

सिराहा, फागुन १३ – सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत्यु प्रकरणमा तीन जनामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत सिराहाले पाँच दिनको म्याद दिएको छ।

यसअघि, प्रहरीले घटनाबारे सोधपुछका लागि आठ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये चार जनालाई थुनामा राखिएकोमा एक जनामाथि संलग्नता पुष्टि नभएपछि तीन जनालाई मात्र अनुसन्धान अघि बढाइएको सिराहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए। म्याद थप गरिएका व्यक्तिहरूमा चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेशकुमार दास रहेका छन्।

घटनाको गम्भीरताका कारण मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा विशेष छानबिन समिति गठन गरेको छ। रिंकुकुमारीका परिवारले फागुन ८ गते इलाका प्रहरी कार्यालय, लहानमा सामूहिक जबरजस्ती करणी, कर्तव्य ज्यान, शरीर बन्धक, र लेनदेनसम्बन्धी चारवटा मुद्दामा पूरक जाहेरी दिएका थिए। यसअघि, फागुन १ गते आत्महत्या दुरुत्साहनको मात्र जाहेरी दर्ता गरिएको थियो।

घटनाको विवरण अनुसार, माघ २७ गते राति शौचालय जान भनेर निस्केकी रिंकु कुमारी २८ गते बिहान ३ बजेमात्र घर फर्किएकी थिइन्। उक्त घटनापछि गाउँमा २९ र ३० गते पञ्चायत बसेर मेलमिलाप प्रयास गरिएको थियो। तर, विवाद कायमै रहेको अवस्थामा माघ ३० गते साँझ उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

यस घटनाबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको र दोषी ठहरिए कडा कानुनी कारबाही गरिने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...