News Portal

चार भारतीय नागरिक अवैध सुन-चाँदी कारोबारमा पक्राउ

काठमाडौँमा अवैध सुन र चाँदीको कारोबारमा संलग्न रहेको आरोपमा चार भारतीय नागरिक पक्राउ परेका छन्।

संगीता गुरुङ
३२३ पटक

काठमाडौं, १२ फागुन – काठमाडौँमा अवैध सुन र चाँदीको कारोबारमा संलग्न रहेको आरोपमा चार भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा महाराष्ट्रको सोलापुरका ४२ वर्षीय एकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड, २९ वर्षीय सम्राट यादव र ४० वर्षीय दिनेश मेहेति रहेका छन्।

स्रोतका अनुसार, प्रहरीलाई गुप्त सूचनाको आधारमा काठमाडौँ महानगरपालिका-२४, नरदेवीस्थित एक घरमा अवैध रुपमा सुन र चाँदीको कारोबार भइरहेको थाहा भएको थियो। प्रहरीले उक्त घरमा छापा मारेर २ सय ४७ ग्राम ७ सय २० मिलिग्राम सुनजस्तो धातु, ५ किलो ६ सय ग्राम चाँदीजस्तो धातु र १० लाख ७५ हजार रुपैयाँ नगद बरामद गरेको छ।

प्रहरीले आवश्यक अनुसन्धान र कारबाहीका लागि पक्राउ परेका व्यक्तिहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाएको छ। यो घटनामा प्रहरीले अवैध भन्सार छली र नाकाबन्दी उल्लङ्घन गरेको आरोपमा थप कारवाही गर्ने तयारी गर्दैछ।

 

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...