News Portal

चार भारतीय नागरिक अवैध सुन-चाँदी कारोबारमा पक्राउ

काठमाडौँमा अवैध सुन र चाँदीको कारोबारमा संलग्न रहेको आरोपमा चार भारतीय नागरिक पक्राउ परेका छन्।

संगीता गुरुङ
१९८ पटक

काठमाडौं, १२ फागुन – काठमाडौँमा अवैध सुन र चाँदीको कारोबारमा संलग्न रहेको आरोपमा चार भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा महाराष्ट्रको सोलापुरका ४२ वर्षीय एकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड, २९ वर्षीय सम्राट यादव र ४० वर्षीय दिनेश मेहेति रहेका छन्।

स्रोतका अनुसार, प्रहरीलाई गुप्त सूचनाको आधारमा काठमाडौँ महानगरपालिका-२४, नरदेवीस्थित एक घरमा अवैध रुपमा सुन र चाँदीको कारोबार भइरहेको थाहा भएको थियो। प्रहरीले उक्त घरमा छापा मारेर २ सय ४७ ग्राम ७ सय २० मिलिग्राम सुनजस्तो धातु, ५ किलो ६ सय ग्राम चाँदीजस्तो धातु र १० लाख ७५ हजार रुपैयाँ नगद बरामद गरेको छ।

प्रहरीले आवश्यक अनुसन्धान र कारबाहीका लागि पक्राउ परेका व्यक्तिहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाएको छ। यो घटनामा प्रहरीले अवैध भन्सार छली र नाकाबन्दी उल्लङ्घन गरेको आरोपमा थप कारवाही गर्ने तयारी गर्दैछ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...