News Portal

ठमेल प्रहरी कुटपिट प्रकरण: ६ विद्यार्थी नेताविरूद्ध मुद्दा दायर

ठमेलमा प्रहरी कुटपिट घटनामा संलग्न रहेको आरोपमा नेकपा एमाले निकट विद्यार्थी संगठनका ६ जना नेताविरूद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

संगीता गुरुङ
२६३ पटक

फाल्गुन १२, काठमाडौं – ठमेलमा प्रहरी कुटपिट घटनामा संलग्न रहेको आरोपमा नेकपा एमाले निकट विद्यार्थी संगठनका ६ जना नेताविरूद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

माघ २५ गते राति काठमाडौं महानगरपालिका-२६ स्थित छाया सेन्टर अगाडि प्रहरी हवल्दार जगुलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टमाथि कुटपिट भएको थियो। घटनामा संलग्न रहेको आरोपमा अखिल (अनेरास्ववियु) का स्थायी कमिटी सदस्य कमलराज जोशीसहित गोपालबहादुर शाही, रमेशकुमार फुलारा, नविन सिं ऐर, दिनेश सिग्देल र सौजन्य शाहीविरूद्ध मुद्दा चलाइएको हो।

उनीहरू अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ। सरकारी वकिलको कार्यालयले उनीहरूविरूद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको छ, जसअनुसार अधिकतम एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्नेछ।

त्यस्तै, कमलराज जोशी, गोपालबहादुर शाही र दिनेश सिग्देलमाथि यसअघि पनि कानुन उल्लंघन गरेको आरोप लागेकाले उनीहरूका लागि थप कडा सजायको माग गरिएको छ। सामान्यत: प्रहरीले २५ दिनसम्म हिरासतमा राखेपछि मुद्दा दायर गर्ने गरेको भए पनि यो घटनामा दुई सातामै मुद्दा दर्ता गरिएको छ, जसले प्रहरी कारबाहीको प्रक्रिया प्रति आलोचना समेत जन्माएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...