News Portal

नागार्जुनमा घाइते कुकुरको हत्या प्रकरण: दुई जना पक्राउ

काठमाडौंको नागार्जुन नगरपालिका-६ मा घाइते कुकुरलाई क्रुरतापूर्वक मारिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२६६ पटक

फाल्गुन १२, काठमाडौं – काठमाडौंको नागार्जुन नगरपालिका-६ मा घाइते कुकुरलाई क्रुरतापूर्वक मारिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुरेन्द्र भुजेल र सरिना पौडेल रहेका छन् भने एक जना प्रमाण अभावका कारण रिहा गरिएको प्रहरीले जनाएको छ।

शुक्रबार स्थानीयले घाइते कुकुरलाई लखेटेर जालीले छोप्दै क्रुर तरिकाले हत्या गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले व्यापक चर्चा पायो। पशुप्रेमी तथा अधिकारकर्मीहरूले घटनाको कडा आलोचना गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

पशु शाखाका प्रमुख करण कठायतका अनुसार कुकुर न त आक्रमक थियो, न बहुलाएको। प्रहरीले आवश्यक निगरानीपछि नियन्त्रणमा लिने योजना बनाएको भए पनि स्थानीयहरूले निर्दयी रूपमा हत्या गरेको उनले बताए।

यस प्रकरणमा प्रहरी वृत्त स्वयम्भूमा तीन जनाविरुद्ध जाहेरी परेको थियो। कानुनअनुसार पशुमाथि हिंसा गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान रहेको अधिवक्ता पदमबहादुर श्रेष्ठले जानकारी दिए। हाल पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखी अनुसन्धान अघि बढाइएको छ।

 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...