News Portal

नागार्जुनमा घाइते कुकुरको हत्या प्रकरण: दुई जना पक्राउ

काठमाडौंको नागार्जुन नगरपालिका-६ मा घाइते कुकुरलाई क्रुरतापूर्वक मारिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
३३३ पटक

फाल्गुन १२, काठमाडौं – काठमाडौंको नागार्जुन नगरपालिका-६ मा घाइते कुकुरलाई क्रुरतापूर्वक मारिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुरेन्द्र भुजेल र सरिना पौडेल रहेका छन् भने एक जना प्रमाण अभावका कारण रिहा गरिएको प्रहरीले जनाएको छ।

शुक्रबार स्थानीयले घाइते कुकुरलाई लखेटेर जालीले छोप्दै क्रुर तरिकाले हत्या गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले व्यापक चर्चा पायो। पशुप्रेमी तथा अधिकारकर्मीहरूले घटनाको कडा आलोचना गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

पशु शाखाका प्रमुख करण कठायतका अनुसार कुकुर न त आक्रमक थियो, न बहुलाएको। प्रहरीले आवश्यक निगरानीपछि नियन्त्रणमा लिने योजना बनाएको भए पनि स्थानीयहरूले निर्दयी रूपमा हत्या गरेको उनले बताए।

यस प्रकरणमा प्रहरी वृत्त स्वयम्भूमा तीन जनाविरुद्ध जाहेरी परेको थियो। कानुनअनुसार पशुमाथि हिंसा गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान रहेको अधिवक्ता पदमबहादुर श्रेष्ठले जानकारी दिए। हाल पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखी अनुसन्धान अघि बढाइएको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...