News Portal

  • सशस्त्र प्रहरीकी इन्स्पेक्टरको रहस्यमय मृत्यु : परिवारद्वारा आत्महत्या दुरुत्साहनको जाहेरी

    महतको परिवारले एक जना इन्स्पेक्टरलाई आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै कास्की प्रहरीमा किटानी जाहेरी दर्ता गराएको छ।

    संगीता गुरुङ
    २०३ पटक

    १२ फागुन, काठमाडौं – पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा मृत फेला परेकी इन्स्पेक्टर सन्तोषी महतको घटनाले नयाँ मोड लिएको छ। महतको परिवारले एक जना इन्स्पेक्टरलाई आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै कास्की प्रहरीमा किटानी जाहेरी दर्ता गराएको छ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार जाहेरी प्राप्त भइसकेको छ र अब कानुनी प्रक्रिया अघि बढाइँदैछ। प्रहरीले दर्ता प्रक्रियापछि आवश्यक अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गर्ने तयारी गरिरहेको छ।

    पारिवारिक स्रोतका अनुसार महत र सशस्त्र प्रहरीकै १६ बेसिकका एक इन्स्पेक्टरबीच प्रेम सम्बन्ध थियो। तर, पछिल्लो समय दुबैबीच विवाद बढ्दै गएपछि महत तनावमा थिइन्। परिवारले यही कारणले आत्महत्या गर्न बाध्य भएको दाबी गरेको छ।

    यसैबीच, सशस्त्र प्रहरी बलले पनि घटनाको विस्तृत अनुसन्धानका लागि डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। सिंह राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातिर्थमा कार्यरत डीआईजी हुन्।

    सिन्धुपाल्चोककी स्थायी बासिन्दा महत १७ बेसिक ब्याच (२०८१) की इन्स्पेक्टर थिइन्। २०७२ सालमा सशस्त्र प्रहरी सेवामा सिपाहीका रूपमा प्रवेश गरेकी उनले २०७८ मा असई पदमा बढुवा पाइन्। २०८१ मा इन्स्पेक्टरको तालिमका लागि छनोट भएर पोखराको लामापाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा प्रशिक्षणरत थिइन्।

    गत केही दिनयता तनावमा रहेको भनिएकी महत महिला शौचालय नजिकैको बिममा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनको मृत्यु आत्महत्या हो वा अरु कुनै कारणले भएको हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेत सुरक्षासंस्थाले मेथानोल आपराधिक नेटवर्क विघटन अवैध कारखाना नियन्त्रण

    कुवेत -कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख फहद युसुफ साउद अल–सबहको संरक्षणमा र आन्तरिक...

    आज २०८२ साल भदौ १ गतेको राशिफल

    आज भदौ १, २०८२ (अगस्त १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...