News Portal

नागार्जुनमा घाइते कुकुरलाई क्रुर हत्या, स्थानीयको अमानवीय व्यवहार उजागर

गत शुक्रबार, सडकमा घाइते अवस्थामा छटपटाइरहेको एक कुकुरलाई स्थानीयहरूले अमानवीय ढंगले हत्या गरेका छन्।

संगीता गुरुङ
२५३ पटक

फाल्गुन ११, काठमाडौँ – नागार्जुन नगरपालिका-६ मा एक दर्दनाक घटना सार्वजनिक भएको छ, जसले मानव क्रुरताको हद पार गरेको देखिन्छ। गत शुक्रबार, सडकमा घाइते अवस्थामा छटपटाइरहेको एक कुकुरलाई स्थानीयहरूले अमानवीय ढंगले हत्या गरेका छन्।

प्रत्यक्षदर्शीका अनुसार उक्त कुकुरलाई एक गाडीले ठक्कर दिएको थियो, जसका कारण ऊ गम्भीर घाइते भएको थियो। पीडाले तड्पिरहेको कुकुरलाई स्थानीयले बौलाहा भन्दै लखेटे, अनि जालीभित्र थुनेर निर्घात कुटपिट गरे।

भिडियो फुटेजअनुसार केही व्यक्तिहरू कुकुरमाथि आक्रमण गरिरहँदा रमाइरहेका थिए। कसैले यसलाई ‘मिसन सफल’ भनेका थिए भने एक महिलाले ‘अब त रगत नै रगत भयो’ भन्ने प्रतिक्रिया दिएकी थिइन्।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएसँगै यो घटनाले तीव्र आलोचना पाइरहेको छ। पशुप्रेमी सुनैना पन्थीका अनुसार उक्त कुकुर बौलाहा थिएन, न त उसले कसैलाई टोकेको थियो। उनी भन्छिन्, ‘हामीले यसलाई रेबिजविरुद्धको खोप लगाइदिएका थियौँ र बन्ध्याकरण पनि गरिएकाे थियो।’

नागार्जुन नगरपालिकाको पशु शाखा प्रमुख करण कठायतका अनुसार स्थानीयले कुकुर बहुलाएको भन्दै जानकारी दिएपछि प्रशासनले निरीक्षण गर्न जाली उपलब्ध गराएको थियो। तर, कुकुरलाई नियन्त्रणमा लिएर उचित व्यवस्थापन गर्नुपर्ने ठाउँमा क्रुर हत्या गरिएछ, जसबारे नगरपालिकालाई कुनै जानकारी गराइएको थिएन।

वडा नम्बर ६ का अध्यक्ष देवेन्द्रराज गिरीले आफू बिदामा भएकाले पशु शाखालाई खबर गर्न मात्र भनेको बताए। उनले घटनाबारे विस्तृत जानकारी नभएको जनाएका छन्।

कानूनी रूपमा कुनै पनि जनावरलाई यति निर्दयतापूर्वक मार्न पाइँदैन। अधिवक्ता पदमबहादुर श्रेष्ठका अनुसार यस्तो कार्य गम्भीर अपराध मानिन्छ, जसका लागि तीन महिनासम्मको जेल सजाय हुन सक्छ।

पशुप्रेमी तथा कानूनी जानकारहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरूका अनुसार सडक कुकुरहरूमाथि हुने यस्ता अन्यायपूर्ण घटनालाई रोक्न सरकार र स्थानीय प्रशासनले तुरुन्त हस्तक्षेप गर्न आवश्यक छ।

 

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...