News Portal

सामाजिक सञ्जालमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ७ जना मुद्दा नचली रिहा

सामाजिक सञ्जालमा अराजक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जना बिना मुद्दा रिहा भएका छन्।

संगीता गुरुङ
२१० पटक

काठमाडौं, फागुन ११ – सामाजिक सञ्जालमा अराजक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जना बिना मुद्दा रिहा भएका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत माघ २३ गते सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका व्यक्तिहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको थियो।

प्रहरीले उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान थालेको थियो। तर, सरकारी वकिल कार्यालयले कानुनी प्रक्रिया अघि नबढाउने निर्णय गरेपछि सातै जना रिहा भएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।

रिहा हुनेहरूमा धादिङका रोमन आले (२९), तनहुँका मनोहर थापा मगर (३६) र गुणबहादुर गुरुङ (३९), गोरखाका सुमन पराजुली (२७) र पदमबहादुर मगर (२९), काभ्रेका रोशन तामाङ (२६) तथा दोलखाका गोपाल मोक्तान (३९) रहेका छन्।

प्रहरीका अनुसार, यी व्यक्तिहरू १०/१५ जनाको समूह बनाई खुकुरी तथा तरबार बोकेर केक काट्ने, मसल प्रदर्शन गर्ने तथा ती क्रियाकलापको भिडियो सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा पोस्ट गर्ने गर्थे। यस्ता गतिविधिले समाजमा भय सिर्जना गर्न सक्ने भन्दै प्रहरीले कारबाही अघि बढाएको थियो।

तर, सरकारी वकिल कार्यालयले अभियोग दायर नगर्ने निर्णय गरेपछि उनीहरूलाई रिहा गरिएको हो। यस विषयमा प्रहरीले कुनै थप प्रतिक्रिया दिएको छैन।

 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...