News Portal

सामाजिक सञ्जालमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ७ जना मुद्दा नचली रिहा

सामाजिक सञ्जालमा अराजक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जना बिना मुद्दा रिहा भएका छन्।

संगीता गुरुङ
२७९ पटक

काठमाडौं, फागुन ११ – सामाजिक सञ्जालमा अराजक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जना बिना मुद्दा रिहा भएका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत माघ २३ गते सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका व्यक्तिहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको थियो।

प्रहरीले उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान थालेको थियो। तर, सरकारी वकिल कार्यालयले कानुनी प्रक्रिया अघि नबढाउने निर्णय गरेपछि सातै जना रिहा भएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।

रिहा हुनेहरूमा धादिङका रोमन आले (२९), तनहुँका मनोहर थापा मगर (३६) र गुणबहादुर गुरुङ (३९), गोरखाका सुमन पराजुली (२७) र पदमबहादुर मगर (२९), काभ्रेका रोशन तामाङ (२६) तथा दोलखाका गोपाल मोक्तान (३९) रहेका छन्।

प्रहरीका अनुसार, यी व्यक्तिहरू १०/१५ जनाको समूह बनाई खुकुरी तथा तरबार बोकेर केक काट्ने, मसल प्रदर्शन गर्ने तथा ती क्रियाकलापको भिडियो सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा पोस्ट गर्ने गर्थे। यस्ता गतिविधिले समाजमा भय सिर्जना गर्न सक्ने भन्दै प्रहरीले कारबाही अघि बढाएको थियो।

तर, सरकारी वकिल कार्यालयले अभियोग दायर नगर्ने निर्णय गरेपछि उनीहरूलाई रिहा गरिएको हो। यस विषयमा प्रहरीले कुनै थप प्रतिक्रिया दिएको छैन।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...