News Portal

स्युचाटारमा सडक निर्माणका क्रममा दुर्घटना, रोड रोलरको ठक्करबाट एकको मृत्यु

काठमाडौंको स्युचाटार क्षेत्रमा सडक निर्माणका क्रममा रोड रोलरको ठक्कर लागेर एक व्यक्तिको मृत्यु भएको छ।

संगीता गुरुङ
२१२ पटक

फाल्गुन ९, काठमाडौं— काठमाडौंको स्युचाटार क्षेत्रमा सडक निर्माणका क्रममा रोड रोलरको ठक्कर लागेर एक व्यक्तिको मृत्यु भएको छ। घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

शुक्रबार बिहान कलंकी–स्युचाटार सडकखण्डमा एक पुरुषको शव फेला परेको थियो। अनुसन्धानपछि मृतक धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी ५५ वर्षीय साने गुरुङ भएको पुष्टि भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यका अनुसार गुरुङको मृत्यु सडक निर्माणका क्रममा चलेको रोड रोलरको ठक्करबाट भएको हो।

‘स्थानीय बासिन्दाले सडकमा एक व्यक्ति अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका क्रममा रोलरले किचेर मृत्यु भएको खुलेको छ,’ एसपी आचार्यले जानकारी दिए।

घटनापछि प्रहरीले सोही निर्माण परियोजनामा कार्यरत रोड रोलर चालक उमेश स्याङताङलाई पक्राउ गरेको छ। उनी मकवानपुरका स्थायी बासिन्दा हुन् र हाल नागार्जुन नगरपालिका–१० मा बस्दै आएका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा स्याङताङसँग रोड रोलर सञ्चालनका लागि आवश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको खुल्न आएको प्रहरीले जनाएको छ।

मृतक गुरुङको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...