News Portal

स्युचाटारमा सडक निर्माणका क्रममा दुर्घटना, रोड रोलरको ठक्करबाट एकको मृत्यु

काठमाडौंको स्युचाटार क्षेत्रमा सडक निर्माणका क्रममा रोड रोलरको ठक्कर लागेर एक व्यक्तिको मृत्यु भएको छ।

संगीता गुरुङ
३३३ पटक

फाल्गुन ९, काठमाडौं— काठमाडौंको स्युचाटार क्षेत्रमा सडक निर्माणका क्रममा रोड रोलरको ठक्कर लागेर एक व्यक्तिको मृत्यु भएको छ। घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

शुक्रबार बिहान कलंकी–स्युचाटार सडकखण्डमा एक पुरुषको शव फेला परेको थियो। अनुसन्धानपछि मृतक धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी ५५ वर्षीय साने गुरुङ भएको पुष्टि भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यका अनुसार गुरुङको मृत्यु सडक निर्माणका क्रममा चलेको रोड रोलरको ठक्करबाट भएको हो।

‘स्थानीय बासिन्दाले सडकमा एक व्यक्ति अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका क्रममा रोलरले किचेर मृत्यु भएको खुलेको छ,’ एसपी आचार्यले जानकारी दिए।

घटनापछि प्रहरीले सोही निर्माण परियोजनामा कार्यरत रोड रोलर चालक उमेश स्याङताङलाई पक्राउ गरेको छ। उनी मकवानपुरका स्थायी बासिन्दा हुन् र हाल नागार्जुन नगरपालिका–१० मा बस्दै आएका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा स्याङताङसँग रोड रोलर सञ्चालनका लागि आवश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको खुल्न आएको प्रहरीले जनाएको छ।

मृतक गुरुङको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...