News Portal

१५ वर्षपछि फरार ट्याक्सी चालक हत्यामा संलग्न व्यक्तिलाई पक्राउ

भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर फरार रहेका वीरमान लामा १५ वर्षपछि पक्राउ परेका छन्।

संगीता गुरुङ
२८६ पटक

९ फागुन, काठमाडौं – भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर फरार रहेका वीरमान लामा १५ वर्षपछि पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई बिहीबार ललितपुरको सुनाकोठी क्षेत्रमा पक्राउ गरेको हो।

२०६६ मंसिर २४ गते राति ठमेलबाट ट्याक्सी बुक गरेर भक्तपुर पुगेका वीरमान लामा र उनका साथीहरूले मेघबहादुर तामाङको घाँटीमा गलबन्धी लगाएर हत्या गरेका थिए। हत्या पछि उनीहरूले तामाङसँग भएको मोबाइल र नगद लुटेर फरार भएका थिए।

यस घटनामा पहिले नै विनोद लामा र श्याम तामाङलाई पक्राउ गरिएको थियो, र भक्तपुर जिल्ला अदालतले उनीहरूलाई २० वर्ष कैदको सजाय सुनाइसकेको थियो। तर, फरार रहेका वीरमान लामा र अर्को एक जना आरोपी अझै पक्राउ परेका थिए।

पक्राउ परेका लामा अहिले अदालतमा उपस्थित गराइ कारागार पठाउने प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...