News Portal

राजस्व चुहावट मुद्दामा तीन जनाविरुद्ध कानूनी कारबाही

करिब ६० किलो ८० ग्राम चाँदीसहित पक्राउ परेका तीन जनाविरुद्ध राजस्व चुहावट मुद्दा दायर गरिएको छ।

संगीता गुरुङ
३१० पटक

फाल्गुन ९, काठमाडौं – करिब ६० किलो ८० ग्राम चाँदीसहित पक्राउ परेका तीन जनाविरुद्ध राजस्व चुहावट मुद्दा दायर गरिएको छ। उनीहरूविरुद्ध ९६ लाख ६० हजार ८६४ रुपैयाँ बिगो माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो।

मुद्दा दायर गरिएका व्यक्तिहरूमा बाराको कलैया उपमहानगरपालिका–५ निवासी ३६ वर्षीय कर्मा साह सोनार, उनकी श्रीमती ३७ वर्षीया इन्द्रकुमारी परियार र वीरगञ्ज महानगरपालिका–२८ निवासी ४० वर्षीय शंकर साह सोनार (शंकरप्रसाद सोनार) रहेका छन्।

राजस्व अनुसन्धान विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठका अनुसार, उनीहरूविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ अन्तर्गत कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

गत मंसिर २१ गते बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जबाट प्रहरी टोलीले कर्मा साह सोनारलाई पक्राउ गरेको थियो। वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गर्दा स्कुटीमा लुकाइएको चाँदी फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको थियो।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो। अनुसन्धानको क्रममा थप दुई जनाको संलग्नता पुष्टि भएपछि उनीहरूलाई पनि प्रतिवादी बनाइएको विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...