News Portal

सिन्धुलीमा कारको ठक्करबाट दुई जना घाइते, एकको अवस्था गम्भीर

सिन्धुलीमा कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

संगीता गुरुङ
१८६ पटक

फागुन ९, सिन्धुली – सिन्धुलीमा कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिलप्रसाद चौरसियाका अनुसार दुर्घटनामा रामेछाप मन्थली नगरपालिका-५ का ३० वर्षीय सूर्यप्रसाद आचार्य र जितपुरसिमरा उपमहानगरपालिका-४ का ३१ वर्षीय लोकनाथ वाग्ले घाइते भएका छन्। गम्भीर घाइते आचार्यको उपचार खुर्कोटस्थित शुभजीवन अस्पतालमा भइरहेको छ।

प्रहरीका अनुसार काठमाडौंबाट विराटनगर जाँदै गरेको बीएसी १९७९ नम्बरको कारले बर्दिबासबाट काठमाडौं जाँदै गरेको ना ३० प ८३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...