News Portal

रंगेलीमा साेन्दर्यता कला व्यवसाय संधकाे समिति गठन

माेरङकाे रंगेली नगरपालिकामा साेन्दर्य कला व्यवसाय स्वतन्त्र संघले रंगेलीमा समिति गठन गरेको छ ।

रबिन्द्र बराल
४५१ पटक

फाल्गुन ९, मोरङ – रंगेली नगरपालिकामा सौन्दर्य कला व्यवसाय स्वतन्त्र संघले समिति गठन गरेको छ। रंगेली-७ स्थित रिना ब्यूटी पार्लरमा आयोजित एक कार्यक्रममा समिति गठन गरिएको हो।

कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघ नेपाल, काठमाडौंकी केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठ, जिल्ला सचिव जुली प्याकुरेल, रिना ब्यूटी पार्लरकी सञ्चालिका लगायतको उपस्थिति रहेको थियो।

रंगेलीमा पहिलो पटक सौन्दर्य कला व्यवसायीहरूलाई एकजुट गराउने उद्देश्यसहित समिति गठन गरिएको हो। यसअघि मोरङका विराटनगर, उर्लाबारी, बेलबारी, लेटाङ, कानेपोखरी, पथरी लगायतका स्थानहरूमा पनि समिति गठन भइसकेको छ।

रंगेलीमा गठित नौ सदस्यीय समितिमा अध्यक्ष रिना शर्मा, उपाध्यक्ष खुम्बु मण्डल, सचिव नाजनी मियाँ, कोषाध्यक्ष नितु साह, सहसचिव दुष्मा राजवंशी, तथा सदस्यहरू गौरी शाह र लालता राजवंशी रहेका छन्।

केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठका अनुसार सौन्दर्यता अहिले स्वास्थ्यको लागि पनि महत्त्वपूर्ण भएको छ। उनले प्रत्येक महिलाले आफ्नो नगरपालिका वा वडा तहसम्म पुगेर महिलाहरूका लागि छुट्याइएको बजेट सही रूपमा उपयोग गर्न पहल गर्नुपर्नेमा जोड दिइन्। अन्य व्यक्तिहरूले बिना काम बजेट उपयोग गर्ने तर महिलाहरूको पक्षमा कुनै सहयोग नगर्ने प्रवृत्तिले महिलाहरू पछाडि परेको उनको भनाइ थियो।

नवगठित समितिले नगरको बजेट माग गरेर यस क्षेत्रका महिलाहरूलाई सौन्दर्य तालिम प्रदान गरी आत्मनिर्भर बनाउन विशेष पहल गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...