News Portal

रंगेलीमा साेन्दर्यता कला व्यवसाय संधकाे समिति गठन

माेरङकाे रंगेली नगरपालिकामा साेन्दर्य कला व्यवसाय स्वतन्त्र संघले रंगेलीमा समिति गठन गरेको छ ।

रबिन्द्र बराल
५२३ पटक

फाल्गुन ९, मोरङ – रंगेली नगरपालिकामा सौन्दर्य कला व्यवसाय स्वतन्त्र संघले समिति गठन गरेको छ। रंगेली-७ स्थित रिना ब्यूटी पार्लरमा आयोजित एक कार्यक्रममा समिति गठन गरिएको हो।

कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघ नेपाल, काठमाडौंकी केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठ, जिल्ला सचिव जुली प्याकुरेल, रिना ब्यूटी पार्लरकी सञ्चालिका लगायतको उपस्थिति रहेको थियो।

रंगेलीमा पहिलो पटक सौन्दर्य कला व्यवसायीहरूलाई एकजुट गराउने उद्देश्यसहित समिति गठन गरिएको हो। यसअघि मोरङका विराटनगर, उर्लाबारी, बेलबारी, लेटाङ, कानेपोखरी, पथरी लगायतका स्थानहरूमा पनि समिति गठन भइसकेको छ।

रंगेलीमा गठित नौ सदस्यीय समितिमा अध्यक्ष रिना शर्मा, उपाध्यक्ष खुम्बु मण्डल, सचिव नाजनी मियाँ, कोषाध्यक्ष नितु साह, सहसचिव दुष्मा राजवंशी, तथा सदस्यहरू गौरी शाह र लालता राजवंशी रहेका छन्।

केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठका अनुसार सौन्दर्यता अहिले स्वास्थ्यको लागि पनि महत्त्वपूर्ण भएको छ। उनले प्रत्येक महिलाले आफ्नो नगरपालिका वा वडा तहसम्म पुगेर महिलाहरूका लागि छुट्याइएको बजेट सही रूपमा उपयोग गर्न पहल गर्नुपर्नेमा जोड दिइन्। अन्य व्यक्तिहरूले बिना काम बजेट उपयोग गर्ने तर महिलाहरूको पक्षमा कुनै सहयोग नगर्ने प्रवृत्तिले महिलाहरू पछाडि परेको उनको भनाइ थियो।

नवगठित समितिले नगरको बजेट माग गरेर यस क्षेत्रका महिलाहरूलाई सौन्दर्य तालिम प्रदान गरी आत्मनिर्भर बनाउन विशेष पहल गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...