News Portal

ताप्लेजुङमा केबलकार विवाद चर्किँदा झडप, प्रहरीसहित दर्जनौं घाइते

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पुनः तनाव उत्पन्न भई दर्जन भन्दा बढि घाइते भएका छन्।

संगीता गुरुङ
३१७ पटक

फाल्गुन ८, विराटनगर – ताप्लेजुङको पाथीभरा क्षेत्रमा पुनः तनाव उत्पन्न भएको छ। ‘नो केबलकार समूह’ क्षमा पूजाको नाममा केबलकार निर्माणस्थल पुगेपछि झडप भएको हो।

जिल्ला प्रशासनका अनुसार समूहका नेताहरू राजेन्द्र महतो, रकम चेम्जोङ, डकृेन्द्र थेगिम, राम मादेन, प्रेम एक्तेन, र चन्द्र मादेन सहितको टोलीले केही समय भाषण गरेपछि प्रहरीको घेरा तोड्दै ढुंगामुढा प्रहार गरेका थिए।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शनकारीले ५० मिटरको दूरी पनि नछोडी ढुंगा प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहरा र अश्रुग्याँस प्रयोग गर्यो। झडपका क्रममा नेपाल प्रहरीका ६, सशस्त्र प्रहरीका ५ र ‘नो केबलकार समूह’का १ जना घाइते भएका छन्।

झडपका क्रममा प्रदर्शनकारीहरूले सशस्त्र प्रहरीले प्रयोग गरेका पाँचवटा सेफ्टी ढाल र एक मेगाफोन नष्ट गरेको जनाइएको छ। निर्माणस्थलको ‘नो इन्ट्री’ क्षेत्रमा प्रवेश गरी भाषण गरेपछि स्थिति झन् तनावग्रस्त बनेको थियो।

यसैबीच, घाइतेलाई उद्धार गर्न गएको एम्बुलेन्समाथि आक्रमण हुँदा चालक समेत घाइते भएका छन्। सोही गाडीमा नागरिक समाजका प्रतिनिधि र पत्रकारहरू सवार थिए, जसका कारण गाडीसमेत क्षतिग्रस्त भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।

स्थिति नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले झडप दोहोरिन नदिन सबै पक्षलाई संयम रहन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...