News Portal

लुथरन समाजद्वारा गरिब परिवारलाई आत्मनिर्भर बनाउँदै

लुथरन समाजद्वारा गरिब परिवारलाई आत्मनिर्भर बनाउँदै आर्थिक सहायता प्रदान गरिएको छ।

रबिन्द्र बराल
२५० पटक

झापा, फाल्गुन ८ – लुथरन कल्याण सेवा समाजले झापाको गौरीगंज नगरपालिका-५ स्थित तिलाचि टोलमा बसोबास गर्दै आएका राजकुमार ऋषिदेवकी श्रीमती सकुन्तला ऋषिदेवलाई तीन वर्षअघि आत्मनिर्भर बनाउन २५ हजार रुपैयाँ व्यवसाय गर्नका लागि आर्थिक सहयोग प्रदान गरेको थियो।

सुरुमा अरूका घरमा ज्याला मजदुरी गरेर परिवार पालनपोषण गर्दै आएकी सकुन्तलाले लुथरनको सानो सहयोगपछि अहिले आफ्नै व्यवसायबाट परिवार पाल्न सक्षम भएको बताइन्।

पहिले ऐलानी जग्गामा बसोबास गर्दै आएकी उनले हाल सोही गाउँमा ४ कठ्ठा जग्गा खरिद गरेकी छिन्। उक्त खेतमा मौसम अनुसारका सागसब्जी उत्पादन गरी उनले गाउँको हाटबजारमा बिक्री वितरण गर्दै आफ्नो परिवार चलाइरहेकी छन्।

हाल उनी गौरीगंज बजारमा लाग्ने गुद्री हाटबजारमा आफ्नै बारीमा उत्पादन गरेको तरकारी विभिन्न स्थानहरूमा लगेर बिक्री वितरण गर्ने गर्छिन्। सुरुवाती चरणमा पाएको सानो सहयोगले अहिले राम्रो फाइदा भएको अनुभव उनले साझा गरिन्।

पछिल्लो समयमा, लुथरन कल्याण सेवा समाजले गरिब तथा अतिविपन्न परिवारका सदस्यहरूलाई सहयोग गर्दै आएको छ। विशेषगरी, गाउँघरका बालबालिकालाई विद्यालयसम्म पुर्याउन, विद्यार्थीहरूका लागि ट्युसनको व्यवस्था गर्न तथा तिनका परिवारलाई नागरिकता, जन्मदर्ता र विवाह दर्ता प्रक्रियामा आवश्यक कागजातहरूबारे जानकारी दिनेसमेत सहयोग गरिरहेको लुथरनका झापा प्रतिनिधि गणेश ऋषिदेवले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...