News Portal

लुथरन समाजद्वारा गरिब परिवारलाई आत्मनिर्भर बनाउँदै

लुथरन समाजद्वारा गरिब परिवारलाई आत्मनिर्भर बनाउँदै आर्थिक सहायता प्रदान गरिएको छ।

रबिन्द्र बराल
३१६ पटक

झापा, फाल्गुन ८ – लुथरन कल्याण सेवा समाजले झापाको गौरीगंज नगरपालिका-५ स्थित तिलाचि टोलमा बसोबास गर्दै आएका राजकुमार ऋषिदेवकी श्रीमती सकुन्तला ऋषिदेवलाई तीन वर्षअघि आत्मनिर्भर बनाउन २५ हजार रुपैयाँ व्यवसाय गर्नका लागि आर्थिक सहयोग प्रदान गरेको थियो।

सुरुमा अरूका घरमा ज्याला मजदुरी गरेर परिवार पालनपोषण गर्दै आएकी सकुन्तलाले लुथरनको सानो सहयोगपछि अहिले आफ्नै व्यवसायबाट परिवार पाल्न सक्षम भएको बताइन्।

पहिले ऐलानी जग्गामा बसोबास गर्दै आएकी उनले हाल सोही गाउँमा ४ कठ्ठा जग्गा खरिद गरेकी छिन्। उक्त खेतमा मौसम अनुसारका सागसब्जी उत्पादन गरी उनले गाउँको हाटबजारमा बिक्री वितरण गर्दै आफ्नो परिवार चलाइरहेकी छन्।

हाल उनी गौरीगंज बजारमा लाग्ने गुद्री हाटबजारमा आफ्नै बारीमा उत्पादन गरेको तरकारी विभिन्न स्थानहरूमा लगेर बिक्री वितरण गर्ने गर्छिन्। सुरुवाती चरणमा पाएको सानो सहयोगले अहिले राम्रो फाइदा भएको अनुभव उनले साझा गरिन्।

पछिल्लो समयमा, लुथरन कल्याण सेवा समाजले गरिब तथा अतिविपन्न परिवारका सदस्यहरूलाई सहयोग गर्दै आएको छ। विशेषगरी, गाउँघरका बालबालिकालाई विद्यालयसम्म पुर्याउन, विद्यार्थीहरूका लागि ट्युसनको व्यवस्था गर्न तथा तिनका परिवारलाई नागरिकता, जन्मदर्ता र विवाह दर्ता प्रक्रियामा आवश्यक कागजातहरूबारे जानकारी दिनेसमेत सहयोग गरिरहेको लुथरनका झापा प्रतिनिधि गणेश ऋषिदेवले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...