News Portal

  • गोरखा दरबार संग्रहालयमा आठ महिनामा ७५ हजार पर्यटकको अवलोकन

    गोरखा दरबार संग्रहालयले पछिल्ला आठ महिनामा ७५ हजारभन्दा बढी अवलोकनकर्ताहरूलाई स्वागत गरेको छ।

    संगीता गुरुङ
    ७५ पटक

    गोरखा, फाल्गुन ८ – गोरखा दरबार संग्रहालयले पछिल्ला आठ महिनामा ७५ हजारभन्दा बढी अवलोकनकर्ताहरूलाई स्वागत गरेको छ। नेपाल एकीकरणको ऐतिहासिक अध्ययनका लागि महत्वपूर्ण मानिएको यस संग्रहालयमा चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७५ हजार ७९१ जना आन्तरिक तथा बाह्य पर्यटकहरूले भ्रमण गरेका छन्।

    संग्रहालय प्रमुख जयनारायण कार्कीका अनुसार भ्रमणकर्तामध्ये सबैभन्दा ठूलो संख्यामा विद्यार्थीहरू रहेका छन्। ‘शैक्षिक भ्रमणका लागि धेरै विद्यालय तथा कलेजहरूबाट विद्यार्थीहरू आउने गर्छन्,’ उनले बताए। प्राप्त तथ्यांकअनुसार, सो अवधिमा ४३ हजार ८४८ जना विद्यार्थी, ३० हजार ७०४ जना आन्तरिक पर्यटक, १ हजार १६६ जना तेस्रो मुलुकका तथा ७३ जना सार्क राष्ट्रका नागरिकले संग्रहालय भ्रमण गरेका छन्।

    गोरखा दरबार संग्रहालयमा पृथ्वीनारायण शाहसँग सम्बन्धित ऐतिहासिक सामग्रीहरू, हातहतियार, परम्परागत भाँडाकुँडा तथा विविध कलात्मक काष्ठकला संरक्षित छन्। संग्रहालयको आकर्षण बढाउने अन्य विशेषताहरूमा तीनमुखे झ्याल, टुँडाल, १६ वटा थामले सजिएको बरण्डा, विभिन्न जातजातिका संस्कृति झल्कने डमी, दिव्य उपदेश कक्ष, वंशावली कक्ष र धार्मिक परम्परा कक्षलगायत १२ वटा प्रदर्शनी कक्ष रहेका छन्।

    विसं २०६५ देखि सञ्चालनमा आएको यस संग्रहालयले नेपाल एकीकरणको इतिहास संरक्षण तथा प्रवर्द्धन गर्दै शैक्षिक अध्ययन र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

    काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले...

    काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

    काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक...

    हृदयघात हुनु १ महिना अघि देखिने संकेतहरू

    आजकालको व्यस्त जीवनशैली, तनाव, अनियमित खानपान र शारीरिक निष्क्रियताले गर्दा हृदयघातको जोखिम बढ्दै गएको छ।...

    थाइल्यान्डबाट भारत भित्र्याउन लागिएका २० सर्पसहित एक यात्रु मुम्बई विमानस्थलमा नियन्त्रणमा

    नयाँदिल्ली, असार १६ – थाइल्यान्डबाट भारततर्फ ल्याइँदै गरेका दुर्लभ प्रजातिका जीवित सर्पहरू मुम्बई विमानस्थलमा जफत...

    श्रीमती हत्या प्रकरण : तीन वर्षदेखि फरार रहेका श्रीमान् पक्राउ

    रौतहट, असार १५ — तीन वर्षअघि आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका रौतहटका एक युवक...